News

काठमाडौँमा प्रितमको मुख्या

avatar
Street Nepal

An editor at streetnepal


  • August 30, 2025
  • 13682 पटक पढिएको

गुरुङ समुदायको कथा भन्ने चलचित्र ‘मुख्या’ काठमाडौंमा प्रदर्शन भइरहेको छ। 

प्रितम गुरुङ निर्देशित चलचित्र मुख्या यस अघि स्कटल्याण्डमा आयोजित ‘इन्डिजिनियस फिल्म फेस्टिभल’ हुँदै वेलायतमा लामो समय प्रदर्शन भएको थियो। 

गुरुङ समुदायमा हुने मुखिया पात्रको कथा भन्ने यो चलचित्र गुरुङ संस्कार संस्कृतिमा आधारित रहेर निर्माण गरिएको छ। 

काठमाडौंमा शुक्रबारबाट प्रदर्शन गरिएको चलचित्रलाई दर्शकहरुले रुचाएका छन्। 

रोधि डिजिटलको व्यानरमा निर्मित यस चलचित्र निर्देशक प्रितम गुरुङको ५० औ चलचित्र हो।

वेलायतबाट प्रदर्शन शुरु गरिएको यो चलचित्र काठमाडौँ पश्चात मोफसलको शहरहरुमा प्रदर्शन गर्ने तैयारीमा रहेको यसका निर्माण टिमले बताएको छ। 

Facebook Comments