Connect with us

Video

नागढुंगा सुरुङ (भिडियो)

Published

on

नागढुंगा–नौबिसे खण्डको घन्टौंको जामबाट पार पाउने आशा अब पूरा हुन लागेको छ। करिब ९० प्रतिशत निर्माण सकिएको नागढुंगा सुरूङ मार्ग अन्तिम चरणमा पुगेको छ।

२०७६ कात्तिक ४ गते शिलान्यास भएको यो सुरूङ परियोजनाले ५३ महिनामा ब्रेकथ्रू गरेको हो। मुख्य सुरूङ २.६८८ किलोमिटर र आपतकालीन सुरूङ २.५५७ किलोमिटर लम्बाइको छ।

सुरूङ सञ्चालनमा आएपछि करिब ८ किलोमिटर दूरी छोट्टिँदै सिस्नेखोलादेखि बलम्बु ३–५ मिनेटमै पार गर्न सकिनेछ। सवारी आवागमनका लागि बत्ती, सिसिटिभी, फायर हाइड्रेन्ट, जेट फ्यानजस्ता सुविधा जडान भइरहेका छन्।

सुरक्षा र आपतकालीन अवस्थालाई ध्यानमा राखी प्रत्येक ३७५ मिटरमा इभ्याकुएसन द्वार बनाइएको छ। पेट्रोलियम, भारी मालवाहक र मोटरसाइकललाई सुरूङमा प्रवेश निषेध गरिएको छ।

बलम्बुबाट सुरूङसम्म स्टिल संरचनाको तीन लेनको २.३०७ किमी लामो बाटो निर्माण भइसकेको छ। सरकार आगामी दसैंभित्र सञ्चालन गर्ने तयारीमा छ भने निर्माण पक्षका अनुसार केही काम अझै बाँकी छन्।

२२ अर्ब रुपैयाँको लागतमा बनिरहेको यो सुरूङ जापानको सहयोगमा निर्माण भएको हो।

नेपालकै पहिलो सडक प्रयोजनका लागि बनाइएको सुरूङमार्गले अब यात्रालाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

The long-standing traffic congestion along the Nagdhunga–Naubise road section is set to be resolved with the near completion of the Nagdhunga-Sisnekhola tunnel.

Now 90% finished, the project has reached its final stage. The 2.688 km main tunnel and 2.557 km emergency tunnel broke through after 53 months of construction, following its foundation stone laying on Kartik 4, 2076 BS.

Once operational, the tunnel will shorten the travel distance by around 8 kilometers, allowing commuters to reach Balambu from Sisnekhola in just 3–5 minutes. Equipped with modern infrastructure such as lighting, CCTV, fire hydrants, and jet fans, the tunnel is designed with safety in mind. Emergency evacuation doors are placed every 375 meters. Entry will be restricted for petroleum carriers, heavy goods vehicles, and motorcycles. A 2.307 km, three-lane steel flyover road connecting Balambu to the tunnel has already been completed.

While the government aims to open the tunnel by the upcoming Dashain festival, some final works are still underway. Constructed with Japanese support, the tunnel’s estimated cost stands at around NPR 22 billion. This marks Nepal’s first road tunnel project of its kind—expected to significantly improve both safety and travel efficiency.

#streetnepal #Nagdhunga #Tunnel #Sisnekhola Tunnel #Nagdhunga_Sisnekhola_Tunnel_Project #nepalinfrastructure #road #tunnel #kathmandutraffic

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

lifestyle

गुरुङ जातीको एउटा मौलिक परम्परा

Published

on

गुरुङ जाति, गुरुङ समुदाय वा तमु नेपालको पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भुमिपुत्र मंगोल वर्ण को समुदाय हुन्।

मुख्यतय गुरुङ समुदाय गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ।

कोही बागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै विशिष्ट परम्परा अझैसम्म रहेको पाइन्छ।

यस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तर्गत, गुरुङहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, चैते दशैं, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।

यो गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने बार्पाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ मा पर्ने जराङ्ग गाउँको गुरुङ समुदायको चैते दशैँको पुजा हो।

प्रकृतिपुजक गुरुङ समुदायको पितृ तथा देवताहरु पौराणिककाल देखि नै वोन धर्म अनुसार बन जंगलमा नै हुन्छन। उनीहरु यसरि नै चाड वाडमा गोठ जंगलमा गैर सामुहिक रुपमा पुजाआजा गर्ने गर्छन। यो नै गुरुङ समुदायको मौलिक धर्म संस्कृति परम्परा हो।

साविक पन्द्रुङ्ग गाविस वडा नम्बर १ मा पर्ने यो गुरुङ समुदायले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत संस्कृतिलाई निरन्तरता दिएको छ। यस्तो संस्कृति सम्पदा नै उनीहरुको मौलिक सम्पत्ति हो। नयाँ पुस्ताले सिक्न र आफ्नो धर्म सस्कृति रितिरिवाज जान्न यस्ता चाड वाड मनाईराख्न जरुरि छ। यो गुरुङ समुदायको आफ्नो परम्परा भए पनि यसले सिंगो नेपालको अस्तित्व वोकेको छ।

Continue Reading

lifestyle

वृत्तचित्रमा प्रेरणादायी लाहुरेको समाजसेवा

Published

on

पत्रकार अमृत भादगाउँलेले बेलायती सेनाका पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन्।

चामबहादुर पुन: एन एक्जेम्प्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’ शीर्षकको यो वृत्तचित्र मङ्गलबार काठमाडौंमा प्रदर्शन गरियो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रको धार्मिक, सामाजिक र पर्यटन विकासमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील पुनको योगदानलाई केन्द्रमा राखेर वृत्तचित्र तयार गरिएको हो।

करबाकेली थान, सामुदायिक संग्रहालय, पाहुनाघर, र करबाकेली इको ट्रेकजस्ता परियोजनाहरू उनको पहलमा निर्माण तथा प्रवर्द्धन भएका छन्।

पूर्वसैनिक पुनले अवकासपछि समाजसेवामै जीवन अर्पण गरेका छन्। उनका समाजपरिवर्तनका कामहरू वृत्तचित्रमार्फत जीवित रूपमा प्रस्तुत गरिएको छ।

लाहुरेको सेवा भाव र समाजप्रतिको समर्पणलाई उजागर गर्दै वृत्तचित्रले प्रेरणादायी पात्रका रूपमा चामबहादुर पुनको व्यक्तित्वलाई चित्रण गर्छ।

Continue Reading

entertainment

गायक हसन राईको ‘नायुमा’ सार्वजनिक

Published

on

काठमाडौँ ।

गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। शशि गुरुङको शब्द-संगीतमा तयार गीतमा हसनकै स्वर छ भने एरेञ्ज देबेश राईले गरेका हुन्।

किरात सभ्यतामा आधारित भिडियो राजेश पुमा राईको निर्देशनमा तयार भएको हो। किरात राईहरुको विवाह संस्कारलाई प्रस्तुत गरिएको भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा एलिशा राई, गणेशमान घले र कमेडियन उमेश राई (फुलन्देकी आमा) सहित अन्य कलाकारको अभिनय छ।

हरि हुमागाईको डिओपी, उत्तम हुमागाईको सिनेमाटोग्राफी तथा विकास दाहालको सम्पादन रहेको भिडियोमा सुम्निमा कलेक्सनको पहिरन देख्न सकिन्छ।

करिब दुई दर्जन गीत गाइसकेका हसनले दर्शकको माया पाइनेमा आशावादी रहेको बताएका छन्।

Continue Reading

Trending

Copyright © 2025 streetnepal.com