entertainment
पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ सार्वजनिक
काठमाडौं, असार २१
नेपाली चलचित्र इतिहासको विविध पक्ष समेटिएको ऐतिहासिक पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ हालै सम्पन्न चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सब (रजत जयन्ती) को भब्य समारोहबीच सार्वजनिक गरिएको छ।
उक्त कार्यक्रम सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ को प्रमुख आतिथ्यतामा महेन्द्र पुलिस क्लबको सभा हलमा भएको थियो । चलचित्र विकास बोर्डको प्रकाशनमा सार्वजनिक गरिएको यस पुस्तकमा नेपाली फिल्म उद्योगमा भएका विविध ‘पहिलो’ उपलब्धिहरूलाई तथ्यसहित दस्तावेज गरिएको छ।
पुस्तकका लेखक चलचित्र निर्देशक कमल एक्चै मगर हुन् भने सम्पादनको जिम्मेवारी वरिष्ठ रङ्ग पत्रकार शान्तिप्रियले सम्हालेका छन्। नेपाली चलचित्रको सुरुवाती कालदेखि हालसम्मको यात्रा समेटिएको पुस्तकमा — पहिलो चलचित्र, पहिलो अभिनेत्री, पहिलो निर्देशक, विभिन्न भाषामा बनेका पहिलो फिल्म, प्राविधिक, पुरस्कार तथा सम्मानमा पहिलो स्थान पाएका व्यक्तित्व र फिल्महरूको विवरण समेटिएको छ।

लेखक कमलका अनुसार, “पुस्तकले नेपाली सिनेमाको विकासयात्रालाई सरल भाषामा बुझाउन खोजेको छ, जसले अध्ययन, अनुसन्धान र चलचित्रप्रेमीहरूका लागि महत्वपूर्ण स्रोतको रूपमा काम गर्नेछ।”
कार्यक्रमको समापनमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. ले भने, “यो संस्करण पहिलो हो। केही सामग्री छुटेको हुन सक्छ अथवा आगामी दिनमा नयाँ-नयाँ इतिहास बन्न सक्छ ती सबैलाई समेट्दै छिट्टै दोस्रो संस्करण ल्याइनेछ।”
“नेपाली चलचित्रमा पहिलो” नामक ऐतिहासिक पुस्तकको विमोचन सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, पहिलो नेपाली अभिनेत्री भुवन चन्द, वरिष्ठ कलाकार तथा पूर्व बोर्ड अध्यक्ष कृष्ण मल्ल, निर्देशक तुलसी घिमिरे, संगीतकार शम्भुजित बास्कोटा, र अध्यक्ष दिनेश डि.सी. ले संयुक्तरूपमा गर्नुभएको थियो।

उपस्थित चलचित्रकर्मीहरूले यो पुस्तक नेपाली चलचित्र इतिहासको दस्तावेजिकरणमा एक महत्त्वपूर्ण कोसेढुंगा भएको प्रतिक्रिया दिएका थिए। ‘नेपाली चलचित्रमा पहिलो’ पुस्तकले विगत छ दशकको चलचित्र यात्रा संक्षिप्त र तथ्यपूर्ण रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

entertainment
बाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
रसुवा लगायत नेपालका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिपछि पीडितको सहयोगका लागि तमु धिँ यूकेले १०० किलोमिटर ट्रेल वाक आयोजना गरेको छ।
तमु धिँ यूकेका एडभाइजर सन्तकुमार गुरुङको संयोजनमा भएको ट्रेल वाकमा उपाध्यक्ष कमल गुरुङसहित एडभाइजरहरू तार्कजङ गुरुङ, क्याप्टेन रेज्ट लाछ्या गुरुङ र शारदा गुरुङ सहभागी थिए। करिब एक साताको मेहनतपछि १० वटा चेकपोइन्ट पार गर्दै ट्रेल वाक पूरा गरिएको र यसबाट करिब ५ हजार ८ सय पाउन्ड रकम संकलन भएको जनाइएको छ।
ट्रेल वाकका क्रममा तमु धिँ यूके अध्यक्ष जुमकाजी गुरुङले विभिन्न चेकपोइन्टमा पुगेर सहभागीलाई हौसला प्रदान गरेका थिए। गुरखा मिडियाका निर्देशक तथा फोटोग्राफर मिलन तमुले पहिलो दिनको गतिविधिको भिडियो तथा तस्बिर संकलन गरेका थिए।
संकलित रकमसँगै नेपाली मेलाको बचत, विभिन्न इकाइ तथा तमु धिँसँग आबद्ध संस्थाहरू र व्यक्तिहरूबाट प्राप्त सहयोगसमेत एकीकृत गरी बाढीपहिरो पीडितका लागि नेपाल पठाइनेतमु धिँ यूकेले जनाएको छ।
तमु धिँ यूकेअध्यक्ष जुमकाजी गुरुङ र आर्थिक संयोजकसमेत रहेका उपाध्यक्ष कमल गुरुङसहितको टोली सेप्टेम्बर २० मा नेपाल आएर सहयोग रकम हस्तान्तरण गर्नुका साथै क्षतिग्रस्त क्षेत्रमा राहत वितरण गर्ने कार्यक्रम रहेको छ।





entertainment
‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई एउटै कथाभित्र जोडेर तयार गरिएको नेपाली फिल्म **‘रातो घेरा–द रेड सर्कल’**को छायांकन सकिएको छ। दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्मको इन्डक्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्म सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। सामाजिक र भावनात्मक कथालाई रहस्यको तहसँग जोड्दै फिल्मले मानवीय सम्बन्धका जटिलता, संवेदना र जीवनका विभिन्न पाटोलाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ।
फिल्ममा दयाहाङ र मिरुनासँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डीबी गुरुङलगायत कलाकारको अभिनय छ। फिल्ममा नयाँ तथा अनुभवी कलाकारको ठूलो टोलीलाई एकसाथ प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन निर्माता रहेको फिल्ममा सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा छन्।
राजु स्याङताङको कथा तथा पटकथा रहेको फिल्मलाई शिशिर बिसंखेले खिचेका हुन्। मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत फिल्ममा समेटिएको छ। गीतमा सागर आले र शान्तिश्री परियारको स्वर रहेको छ भने प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत देख्न सकिनेछ।
निर्माता जीवन गुरुङका अनुसार फिल्मलाई कथावस्तुसँगै प्राविधिक र दृश्य प्रस्तुतिका हिसाबले पनि स्तरीय बनाउने प्रयास गरिएको छ।
काफिया फिल्म्सले वितरण गर्ने ‘रातो घेरा–द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। सत्य घटनामा आधारित कथा, दयाहाङ–मिरुनाको जोडी र बलियो कलाकार तथा प्राविधिक टोलीका कारण फिल्मप्रति दर्शकको चासो बढ्ने अपेक्षा निर्माण पक्षको छ।


entertainment
तीजको रौनक
हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। व्रत बसेका महिलाहरू दर्शन तथा पूजापाठका लागि लामबद्ध भएका छन् भने दर्शनपछि समूह बनाएर नाचगान र रमाइलो गरिरहेका दृश्य पशुपति क्षेत्रमा देखिएका छन्। भक्तजनहरू सामूहिक तथा एकल तस्बिर खिच्न पनि व्यस्त देखिन्छन्।
व्रतालु महिलाको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको थियो। भक्तजनका लागि विभिन्न चार वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहानको समयमा लाममा बसेको करिब आधा घण्टामै दर्शन गरेर फर्कन सक्ने अवस्था रहेको जनाइएको छ।
तीजका अवसरमा पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी र विभिन्न २४ धार्मिक तथा सामाजिक संस्थाका ८५५ स्वयंसेवक परिचालन गरिएको छ। पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि दर्शन तथा पूजाका लागि भक्तजनको भीड लागेको छ।








-
Offbeat2 weeks agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment3 weeks agoझिलिमिली सडक
-
entertainment4 weeks agoलगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
-
entertainment2 weeks agoसुनसान बन्यो नागढुंगा
-
entertainment2 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
entertainment4 weeks agoविश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी
-
Feature2 weeks agoयस्तो छ कृष्ण भिरको पहिरो
-
Auto3 weeks agoचांगनको नयाँ इलेक्ट्रिक एसयूभी ‘डिपल नेभो क्यू०५’


You must be logged in to post a comment Login