ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ।
पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्।
विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो।
नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्माबलम्बीहरूले दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ।
पर्वका अवसरमा भक्तजनहरूले धान, गहुँ, फलफूल, नुन, नगदलगायत दान गर्ने परम्परा छ।