News

फोक्सुन्डोमा #फोटोनेपाल कला प्रदर्शनी

avatar
Street Nepal

An editor at streetnepal


  • September 22, 2026
  • 156 पटक पढिएको

डोल्पाको फोक्सुन्डोमा तीनदिने फोक्सुन्डो आर्ट एक्जिबिसन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको #फोटोनेपाल प्रदर्शनी अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा कलाकार तेन्जिङ वाङ्दाकका १५ थान थाङ्का चित्र प्रस्तुत गरिएको थियो।

समुद्री सतहबाट ३ हजार ६११.५ मिटर उचाइमा आयोजित प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो। प्रदर्शनीले फोक्सुन्डोको प्राकृतिक सौन्दर्यसँगै स्थानीय कला, संस्कृति र जीवनशैलीलाई पर्यटन प्रवर्द्धनसँग जोडेको आयोजकले जनाएको छ।

सन् २०१६ मा सुरु भएको #फोटोनेपाल अभियानअन्तर्गत हालसम्म नेपाल तथा विदेशमा सयभन्दा बढी प्रदर्शनी आयोजना भइसकेका छन्।

Facebook Comments