Feature

धरहरामा फर्फराइरहेको गुलाबी रिबन

avatar
Street Nepal

An editor at streetnepal


  • October 16, 2026
  • 8 पटक पढिएको

काठमाडौंको ऐतिहासिक धरहरामा फर्फराइरहेको गुलाबी रिबनले एउटा महत्त्वपूर्ण सन्देश दिइरहेको छ—स्तन क्यान्सरविरुद्ध सचेत बनौँ।

स्तन क्यान्सर सचेतना महिनाका अवसरमा अक्टोबर १० मा रक्षा क्यान्सर केयर सोसाइटीले धरहरालाई गुलाबी रङले सजाएको हो।

सोही अवसरमा भृकुटीमण्डपबाट सुरु भएको सचेतना र्‍यालीमा विभिन्न संघसंस्थाका करिब ७०० जनाले सहभागिता जनाए। र्‍याली वसन्तपुर दरबार क्षेत्रमा पुगेर समापन भएको थियो।

विश्वभर अक्टोबर महिनालाई ‘पिंक अक्टोबर’ अर्थात् स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ।

गुलाबी रिबन केवल प्रतीक होइन, समयमै परीक्षण गरौँ, सचेत बनौँ र स्तन क्यान्सरविरुद्ध ऐक्यबद्धता जनाऔँ भन्ने सन्देश पनि हो।

default

Facebook Comments