Feature

मौसम खुलेसँगै पोखरामा चहलपहल

avatar
Street Nepal

An editor at streetnepal


  • September 28, 2026
  • 135 पटक पढिएको

अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

चार दिनसम्मको लगातार वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन्।

मौसम सफा भएसँगै फेवातालमा नौकाविहार तथा विभिन्न पर्यटकीय स्थलको भ्रमणका साथै अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमशृङ्खलाको दृश्यावलोकन सहज भएको छ।

असोजदेखि सुरु हुने शरद पर्यटन सिजनसँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने व्यवसायीहरूको अपेक्षा छ।

DCIM\105MEDIA\DJI_0598.JPG

Facebook Comments