0

काठमाडौमा रुचाइयो प्रितमको रिपा (तस्विरहरु)

Share

काठमाडौँमा प्रितम गुरुङ निर्देशित गुरुङ संस्कृतिमा आधारित चलचित्र रिपाको भब्य प्रदर्शन भएको छ। बेलायतमा प्रिमियर पश्चात नेपालभर रिपाको प्रदर्शन जारी रहेको चलचित्र युनिटले बताएको छ।

काठमाडौँको गोंगबु स्थित इन्फिनिटी थिएटरमा भएको चलचित्रको प्रदर्शनमा चलचित्र राम्रो प्रतिक्रिया पाएको छ। इन्फिनिटी थिएटरमा प्रदर्शन पश्चात अब गुरुङ चलचित्र पनि ब्यबसायिक हलमा नियमीत रुपमा देखाइनु पर्ने र हेरिनु पर्ने भएको निर्देशक गुरुङले बताए।

काठमाडौँको प्रदर्शनीमा राजधानी भर रहेका गुरुङ संस्कृति र चलचित्र प्रेमीहरुले चलचित्र रिपा हेरेर अब गुरुङ संस्कृतिको चलचित्र सानो ठाउँमा खुम्चिनु नहुने प्रतिक्रिया ब्यक्त गरे।

यसैविच चलचित्र रिपाको आगामी भदौ २० गते दमौली स्थित एपेक्स मलको क्युएफएक्स मलमा २ शो हुने चलचित्र युनिटले बताएको छ।

चलचित्रमा आनन गुरुङ,सिमा गुरुङ,सन्तोषी गुरुङ,तलिसा गुरुङ,इना गुरुङ, माओत्से गुरुङ लगाएतको अभिनय रहेको छ। रोधी डिजिटलको निर्माणमा बनेको चलचित्र रिपालाई खेम थापा मगरले खिचेका हुन भने मेख बहादुर थापाले सम्पादन गरेका छन्।