Model
Rising model Sara Thapa
Pokhara borned Sara Thapa is raising model of Nepalese modeling field. After completing intermediate level, she is taking Air Hostess training. Recently she took part in the beauty pageant Miss Global international. Sara is looking for a better opportunity to get involved in the field of glamour.
Fashion
सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि
नेपालकी २२ वर्षीया सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेकी छन्। थाइल्यान्डको बैंककस्थित क्यालिप्सो क्याबरेमा सेप्टेम्बर २७ मा सम्पन्न प्रतियोगितामा उनले विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।
‘ब्युटी विथ वेलनेस’ नारासहित आयोजित प्रतियोगितामा २५ भन्दा बढी देशका सुन्दरी सहभागी थिए। प्रतियोगिताको शीर्ष पाँचमा नेपालसहित क्यानडा, स्विट्जरल्यान्ड, मोरक्को र इटालीका प्रतिनिधि पुगेका थिए। क्यानडाकी प्रतिस्पर्धी प्रथम रनरअप बनिन्।
जनकपुरकी सान्वीले बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) मा स्नातक गरेकी छन्। उनी यसअघि ‘मिस नेपाल २०२५’ को उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।
उपाधि जितेपछि सान्वीले युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, वातावरणप्रति जिम्मेवार बन्ने तथा ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।




lifestyle
तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौंमा तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङको प्रमुख आतिथ्यमा महाधिवेशन उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा गुरुङ समुदायमा रहेर विभिन्न संघसंस्था तथा व्यवसायका क्षेत्रमा उच्च स्थान हासिल गरेका तमुस्योहरूलाई सम्मान समेत गरिएको थियो।
महाधिवेशनले गुरुङ महिलाको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा सामाजिक क्षेत्रमा महिलाको भूमिकाका विषयमा समेत छलफल गर्ने जनाइएको छ।
उद्घाटन सत्र सम्पन्न भएसँगै महाधिवेशनको बन्द सत्र भोलि तमु ह्युल छोंज धीको केन्द्रीय कार्यालयमा हुने भएको छ। बन्द सत्रबाट तमुस्यो ह्युल छोंज धीको नयाँ कार्यसमिति चयन गरिनेछ।
महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै गुरुङ महिला समुदायको सामाजिक, सांस्कृतिक तथा संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।










Feature
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ।
भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो।
यस्तै, भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेड अन्तर्गतका विभिन्न संस्थाले संकलन गरेको ९७ लाख १८ हजार २ सय ४९ रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ भने बाँकि ३४ लाख २३ हजार ५ सय ४२ रुपैयाँ आजको कार्यक्रममा प्रमुख अतिथि मार्फत प्रधानमन्त्री राहतकोषमा जम्मा गरिने बताईएको छ ।
कार्यक्रममा भारतीय पूर्वसैनिक तथा उनीहरूका परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।
पूर्वसैनिक संस्थाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो तर्फबाट सहयोग संकलन गरी राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ।











-
Feature3 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
Feature1 week agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
Fashion3 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
Feature1 week agoझिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर
-
Feature3 days agoअमृत क्षेत्री र शान्तिश्री परियारको स्वरमा ‘लालुपाते’
-
Auto3 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस
-
Feature4 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
-
Fashion3 weeks agoप्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६








You must be logged in to post a comment Login