entertainment

सब्बु गुरुङ चलचित्र “सोल्टिनी”मा अनुबन्धित

Published

on

कलाकार सब्बु गुरुङ नेपाली चलचित्र “सोल्टिनी”मा अनुबन्धित भएकी छिन्।

नेपाली नाटक हुदै थुप्रै म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरेर चर्चामा रहेकी सब्बु गुरुङको पनि यस चलचित्रमा एक मुख्य भूमिकामा देखिने छिन।

चलचित्रमा अभिनेताहरू प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका अनुभवी कलाकारहरूको अभिनय रहने छ।

हाल छायांकनको निम्ति तैयारीमा रहेको यस चलचित्रलाई निर्देशक अर्जुन सुबेदीले निर्देशन गर्दै छन् भने सुशन प्रजापतिले छायांकन गर्ने भएका छन्।

भोजपुरमा छायांकन गरिने चलचित्र “सोल्टिनी” जातीय विभेदको कथा उठाईने बताइएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version