Feature
काठमाडौँमा सावित्री बरसाइत
काठमाडौँमा पनि महिलाहरूले परम्परागत रूपमा वट सावित्री (बरसाइत) पर्व श्रद्धापूर्वक मनाए।
व्रत बसेर वरको रुखको पूजा गर्ने यो पर्वमा महिलाहरूले श्रीमानको दीर्घायु र सौभाग्यको कामना गर्दै मिथिलाका महिलाहरुले काठमाडौँमा यो पर्व मनाएका हुन्।
शास्त्र अनुसार वरको रुखमा ब्रह्मा, विष्णु र महेशको वास रहन्छ भने सावित्रीको प्रतीक रूपमा यसको पूजा गरिन्छ। सावित्रीले यमराजबाट आफ्नो पति सत्यवानको प्राण फर्काएको कथालाई स्मरण गर्दै महिलाहरूले यो पर्वमा व्रत बस्ने परम्परा रहेको छ।
राजधानीमा रहेका मिथिला समुदायका महिलाहरूले पनि नजिकका बरवृक्षमा पूजा गर्दै पर्व मनाएका थिए।
You must be logged in to post a comment Login