News
सानेपा चोकमा बन्यो आकासे पुल
काठमाडौं र ललितपुरको सिमानामा पर्ने सानेपा चोकमा आकासे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
बागमती नदी नजिकैको व्यस्त चोकमा बनेको पुलको मुख्य संरचना तयार भइसकेको छ भने सिँढी, रेलिङ र अन्तिम सजावटको काम भइरहेको छ।
पुल आंशिक रूपमा सञ्चालनमा आइसकेको छ। बाँकी काम सम्पन्न भएपछि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ।
पुल सञ्चालनमा आएपछि व्यस्त सडक पार गर्नुपर्ने पैदलयात्रीलाई सहज हुने र सडक दुर्घटनाको जोखिम घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।



