Feature
SANKHU AFTER ONE WEEK
entertainment
अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ।
टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा भाइरल बनेपछि अर्जुनले दर्शकको माया आफूलाई ठूलो प्रेरणा बनेको बताएका छन्।
‘पछ्यौरी लिसियो’ र ‘दुख साटम्ला’ जस्ता गीतबाट चर्चित सापकोटाको यस नवीनतम गीतमा मेलिना राई, समीक्षा अधिकारी र अर्जुन स्वयंको स्वर समावेश छ। सन्तोष सापकोटाको शब्दमा तयार गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् भने प्रदीप रोदनको कविता वाचन पनि सुन्न सकिन्छ।
वैदेशिक रोजगारी र प्रेमको दूरीलाई कथावस्तु बनाइएको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे तथा अन्य कलाकारको अभिनय देख्न सकिन्छ।
गीत सार्वजनिक भएको चार दिनमै विभिन्न सेलिब्रेटी र क्रिएटरहरूले रिल्स तथा टिकटक बनाउँदै ‘झलिको’लाई हालैको चर्चित सिर्जनामध्ये एक बनाएका छन्।
Feature
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ।
दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको थियो।

केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने भएको छ।
आन्दोलनमा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरे।

अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गर्नु गरेका छन्।
सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुइ हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।









Feature
दिदीबहिनी नहुनेहरूले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका
काठमाडौँ, कात्तिक ६
दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्रै सर्वसाधारणका लागि खुल्ने परम्परा छ। आज पनि बिहानैदेखि दिदीबहिनी वा दाजुभाइ नहुने श्रद्धालुहरू मन्दिर पुगेर पूजा, दर्शन गरी भाइटीका लगाउने क्रम जारी छ।

तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहका साथ दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन रहेको छ।
यस वर्ष भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे रहेको भए पनि बालगोपालेश्वर मन्दिर बिहानैदेखि नै दर्शनार्थीका लागि खोलिएको छ। दिदीबहिनी नहुनेहरूका लागि यो मन्दिर आस्थाको विशेष केन्द्र बनेको छ।








#भाइटीका #तिहार #बालगोपालेश्वरमन्दिर #रानीपोखरी #काठमाडौँ #दिदीबहिनी #दाजुभाइ #भाइटीका२०८२ #नेपालीसंस्कृति #धार्मिकपरम्परा #पर्व #नेपाल
#BhaiTika #TiharFestival #BalGopaleshwarTemple #RaniPokhari #Kathmandu #NepalFestival #NepaliCulture #BrotherSisterBond #Tihar2025 #BhaiTika2025 #FestivalOfLove #Tradition
-
Feature4 weeks agoझिलिमिली काठमाडौं
-
Feature4 weeks agoदिदीबहिनी नहुनेहरूले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका
-
lifestyle2 weeks agoएकादशीमा सजियो पशुपती
-
lifestyle2 weeks agoशुन्दर मुग्लिन–पोखरा सडक खण्ड
-
Feature1 week agoचन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
-
entertainment16 minutes agoअर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
















