Theatre
कौशी नाटक घरमा ‘सिक रूम’
काठमाडौंको टेकुस्थित कथाघेराको कौशी नाटकघरमा नाटक ‘सिक रूम’ मञ्चन भइरहेको छ।
मानवीय सम्बन्धका जटिलता र आत्म-विनाशकारी प्रवृत्तिलाई उजागर गर्ने एउटा प्रेम कथा बोकेको नाटक ‘सिक रूम’ असार ६ गतेदेखि मञ्चन भइरहेको छ।
कथा घेराले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा मञ्चन सुरू गरेको यो नाटक राजीव जोसेफको ‘ग्रुसम प्लेग्राउन्ड इन्जुरिज’ को नेपाली रूपान्तरण हो।
नाटकलाई कलाकार तथा निर्देशक आकांक्षा कार्कीले निर्देशन गरेकी छन्। नाटकले कालिना र दिवासको कथा भन्छ, जहाँ विद्यालयबाट छुट्टिएका दुई प्रेमीहरू वर्षौको अन्तरालपछि फेरि भेट्छन् र चोट, हृदयविदारक पीडा तथा आत्म-विनाशकारी प्रवृत्तिसँग जुधिरहेका हुन्छन्। यसले उनीहरूको लुकेका असुरक्षा र घाउहरूलाई देखाउँछ।
नाटकमा नूर खनाल, अभिषेक खड्का, आकांक्षा कार्की र सुदाम सीकेले अभिनय गरेका छन्।
आगामी असार २८ सम्म नियमित मन्चन हुने नाटक ‘सिक रुम’ मंगलबारबाहेक हरेक दिन बेलुकी ५:१५ बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।
नाटकमा आत्म-हानि र चोटपटकका विषयवस्तुहरू पनि समावेश भएकाले ‘ट्रिगर वार्निङ’ दिइएको छ।














entertainment
‘जिउँदो आकाश’को नियमित मञ्चन सुरु
काठमाडौंको थापागाउँस्थित एक थिएटर नेपालमा चर्चित नेपाली नाटक ‘जिउँदो आकाश’को नियमित मञ्चन सुरू भएको छ।
यौनिक तथा अल्पसंख्यक समुदायको जीवन, पहिचान र उनीहरूले समाजमा भोग्ने विभेदको कथा प्रस्तुत गर्ने नाटक ‘जिउँदो आकाश’ साउन १ गतेदेखि नियमित मञ्चनमा आएको हो।
वि.सं. २०७३ जेठ २९ गते दोलखाको चरीकोटबाट पहिलो पटक मञ्चन भएको यो नाटक यौनिक तथा अल्पसंख्यकको विषयवस्तुमा आधारित पहिलो नेपाली नाटकका रूपमा परिचित छ।
नेपालका विभिन्न सहरमा ८६ भन्दा बढी पटक मञ्चन भइसकेको यो नाटक भारतको दिल्ली र गुवाहाटीमा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत प्रस्तुत भइसकेको छ।
लेखक चन्द्रप्रसाद पाण्डेले पुरूष शरीर लिएर जन्मिए पनि स्त्री स्वभाव भएकी ‘गरिमा’ (गौरव) को कथामार्फत समाज, परिवार र विद्यालयबाट भोग्नुपरेको अस्वीकृति तथा संघर्षलाई नाटकमा प्रस्तुत गरेका छन्। निर्देशक आर.के. मेहताका अनुसार नाटकले लैंगिक पहिचानभन्दा माथि उठेर मानवतालाई केन्द्रमा राख्ने सन्देश दिन्छ।
नाटकमा कलाकार अनिल सुब्बाले गरिमाको भूमिकामा अभिनय गरेका छन्। रेनुका कार्की सह-निर्देशक रहेकी छन् भने किरण चाम्लिङ राईको संगीत परिकल्पनासँगै युकेश राई, सोनाम तामाङलगायतले प्रत्यक्ष संगीत प्रस्तुत गरिरहेका छन्।
साउन १ देखि १२ गतेसम्म बुधबारबाहेक हरेक दिन साँझ ५:३० बजे नाटक मञ्चन हुनेछ। दर्शकको सुविधाका लागि शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ।







Art
रंगमञ्चमा स्यालसिंह
विद्यालयमा पढिएको कथा अब पुस्तकका पानाबाट बाहिर निस्किएर रंगमञ्चमा जीवन्त बनेको छ।
कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश दन्त्यकथा ‘स्यालसिंह’ शुक्रबारदेखि थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन भइरहेको छ। एक थिएटर नेपालको प्रस्तुतिमा तयार भएको यस नाटकको परिकल्पना तथा निर्देशन तीर्थराज विश्वकर्माले गरेका हुन्।
पाठ्यपुस्तकमा पढिएको कथालाई अभिनय, संवाद, सङ्गीत, प्रकाश र आकर्षक मञ्च सजावटमार्फत दर्शकमाझ नयाँ ढंगले प्रस्तुत गरिएको छ।
कथामा सिंहको करुणाले बाँच्न पाएको एउटा स्याल, सिंहकै संरक्षणमा हुर्किएपछि देखावटी प्रतिष्ठा र झुटो शक्तिको भ्रममा पर्छ। तर अन्ततः सत्य उजागर हुन्छ र चरित्र तथा कर्म नै व्यक्तिको वास्तविक परिचय भएको सन्देश नाटकले दिन्छ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईले अभिनय गरेका छन्।
‘स्यालसिंह’ असार २३ गतेसम्म बुधबार बाहेक हरेक साँझ ५:३० बजे कुञ्ज थिएटरमा मञ्चन हुनेछ। साथै, प्रत्येक शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि सञ्चालन हुने आयोजकले जनाएको छ।










Art
द टेस्ट अफ सेलरोटी
कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।
मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले मानवीय सम्बन्ध, बिछोड, शोक, स्मृति र आकाङ्क्षाका गहिरा अनुभूतिलाई कलात्मक ढङ्गले रङ्गमञ्चमा प्रस्तुत गरेको छ।
नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर दर्शकमाझ ल्याएको छ।
मिथक, कला, विभिन्न भाषा तथा बोली, र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका तहहरूलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ।
नाटकले समय, स्मृति र मानिसबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले केलाउँदै दर्शकलाई आत्मीय भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।
नाटकमा कलाकार बेदना खेरसुङ्मा राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराई ले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँच ले तयार गरेका छन्।
नाटक मंगलबार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।








-
Art3 weeks agoरंगमञ्चमा स्यालसिंह
-
entertainment2 weeks agoकमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार
-
Art4 weeks agoद टेस्ट अफ सेलरोटी
-
Art4 weeks ago‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा
-
Art4 weeks agoऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)
-
entertainment4 weeks agoकाठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’
-
entertainment4 weeks agoनेपालकै पहिलो आर्क व्रिज
-
Art3 weeks agoझण्डा कला महोत्सव २०८३


You must be logged in to post a comment Login