Connect with us

Art

THE WAIT IS OVER! JATRAI JATRA TRAILER TO BE OUT ON APRIL 26

Published

on

The much-awaited trailer of “Jatrai Jatra“, starring Bipin Karki, Dayahang Rai, Rabindra Singh Baniya, Rabindra Jha and Barsha Raut, will drop on the internet on April 26. The Pradip-Bhattarai-directed film is a sequel to “Jatra”.

After creating all the hype with actors’ first look posters, teaser and songs, the viewers will finally get to see the film’s journey with its trailer.

Take a look at Barsha Raut’s post:

 

The film is slated to release on Jestha 3 this year.

Art

पर्खालमा कोरिएको ‘हाम्रो प्रहरी’

Published

on

काठमाडौं । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको पर्खालमा बनाइएको भित्तेचित्रले प्रहरी, नागरिक, राष्ट्रियता र नेपालको सांस्कृतिक विविधतालाई एउटै दृश्यमा उतारेको छ।

हरियो पृष्ठभूमिमा बनाइएको यो चित्रमा प्रहरी र एक नागरिकले नेपालको राष्ट्रिय झण्डा सिलाइरहेको देखिन्छ। नजिकै परम्परागत पोसाक र गहनामा सजिएकी महिला, विभिन्न समुदायका आकृति, सेतो परेवा र हातका आकृतिहरू चित्रित छन्। एउटा पात्रले ‘हाम्रो प्रहरी’ लेखिएको पाटी बोकेको देखिन्छ।

भित्तेचित्रका दृश्यहरूले प्रहरीलाई केवल सुरक्षाकर्मीका रूपमा नभई नागरिकसँग जोडिएको संस्थाका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। राष्ट्रिय झण्डासँगै विभिन्न जातीय तथा सांस्कृतिक पहिचानलाई समेटिनुले नेपालको विविधता र साझा राष्ट्रिय भावनालाई संकेत गर्छ।

सडकबाट हिँड्ने सर्वसाधारणले सहजै देख्ने गरी बनाइएको यो चित्रले प्रहरी र नागरिकबीचको सहकार्य, शान्ति र सामाजिक एकताको सन्देश दिन्छ। रंग र पात्रमार्फत पर्खालमा कोरिएको यो दृश्यले ‘हाम्रो प्रहरी’ भन्ने भावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।

तस्विरहरु :

Continue Reading

Art

कृष्णभीर भदौभित्रै खुलाउने तयारी

Published

on

प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडकको बेस नै कटान गरेपछि एक सय मिटर सडक भासिएको थियो ।  

कृष्णभीरमा भासिएकै ठाउँभन्दा माथि नयाँ ट्रयाक खोल्ने र त्यसलाई सवारीको सहज आवतजावतका लागि तयार पार्ने काम यतिबेला धमाधम भइरहेको छ । पहाड काटेर २५० मिटर ट्रयाक दुवैतिर जोड्ने काम सकिइसकेको छ ।

ग्राभेल, रोलिङको काम आइतबारबाट सुरू गर्ने र ३–४ दिनमा (भदौ मसान्तभित्रै) सकेर यातायात सञ्चालनमा ल्याइने नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन् ।

‘ग्राभल गर्न काटेकोजस्तो सजिलो हुँदैन । रोलिङ गरेर मिलाउनुपर्छ । लेयर–लेयरमा गर्नुपर्छ । एउटै लेयरमा गर्न सकिँदैन,’ उनले भनिन, ‘त्यसकारण ३–४ दिन लाग्न सक्छ । यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ ।’  

त्रिशुलीले सडकको बेस नै कटान गरेर भासिएकाले नयाँ ट्रयाक खोल्नुपरेको उनले बताइन् । नयाँ खोलिएको ट्रयाकले आवतजावतमा दुःख नदिने उनको विश्वास छ ।

‘कृष्णभीरमा पहिले बायो इन्जिनियरिङको प्रयोग गरेर कंक्रिट र विरुवालाई मिलाएर पहिरो रोकथाम गरिएको थियो । त्यो दीर्घकालीन रह्यो,’ अधिकारीले भनिन्, ‘अहिले हामीले नसोचेको बाढी आएर सडकको तलपट्टिको भाग काटिँदा माथि पनि भासियो । अहिले माथिपट्टिबाट सडक निर्माण गरेका छौँ ।

त्यति धेरै डिस्टर्ब नहोला भन्ने आशा राखौँ ।’

कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु ढुवानी प्रभावित छ । यही कारण बजारमा अहिले खाना पकाउने ग्यासको समस्या बल्झिएको छ ।

हेटौँडा हुँदै काठमाडौँ आउने सडकमा पनि सवारीको चाप बढेकाले काठमाडौँ आउजाउ गर्न असहज भइरहेको छ ।

कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।

default

Continue Reading

Art

सहिद महर्जन र घाइते फोटो पत्रकार ढुंगानाको कला प्रदर्शनी

Published

on

जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा कलाकार तथा आन्दोलनका सहिद विनोद महर्जन र आन्दोलनका क्रममा घाइते भएका फोटो पत्रकार दिपेन्द्र ढुंगानाको कला तथा तस्बिर प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमानसिंह मास्के ग्यालरीमा भइरहेको छ।

महर्जन र ढुंगानाको सिर्जना, जीवनसंघर्ष, स्मृति तथा कलात्मक योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै प्रतिष्ठानले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा जेनजी आन्दोलनका क्रममा ढुंगानाले खिचेका तस्बिरसमेत राखिएका छन्।

ललितपुर महानगरपालिका–७, पाटन सुन्धारा–दुपातका महर्जन मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलाका विभिन्न विधामा दक्ष थिए। उनका कलाकृति मलेसिया, चीन, थाइल्यान्डलगायत युरोपका विभिन्न देशसम्म पुगेका थिए। जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढिरहेको प्रदर्शनमा अग्रपंक्तिमा रहेका उनको गोली लागेर मृत्यु भएको थियो।

फोटो पत्रकार ढुंगाना काठमाडौंलाई केन्द्र बनाएर नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। २०८२ भदौ २३ गते नयाँ बानेश्वरमा आन्दोलनको फोटो खिचिरहेका बेला हिंसा भड्किएपछि उनको कानमुनि घाँटी नजिकै रबरको गोली लागेको थियो।

भदौ २८ गतेसम्म चल्ने प्रदर्शनीमा उनले घटनाअघि खिचेका तस्बिर राखिएका छन्। तस्बिरहरूले जेनजी आन्दोलनको उक्त ऐतिहासिक दिनलाई फोटो पत्रकारको दृष्टिबाट प्रस्तुत गरेका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com