Connect with us

entertainment

THREE SISTERS HEADED TO 20TH BHARAT RANG MAHOTSAV

Published

on

A drama THREE SISTERS was played at Russian Cultural Center on 7th and 8th February before it depart to perform in India. Rose Bettina Schwietz directorial play THREE SISTERS will be staging on 12th and 14th February at 20th edition of International Theater Festival of India- 20th Bharat Rang Mahotsav. 20th Bharat Rang Mahotsav starts from 9th February (today) at 6:30pm onwards in Ranchi at Aryabhatta Auditorium, India. Artist Aakanchha Karki, Amrit Dahal, Bijay Tamrakar, Bikas Gurung, Diljung Gurung, Hemanta Chalise, Kundan Shakya, Lunibha Tuladhar, Pooja Lama, Raj Kumar Pudasaini, Rajan Thapa, Rajendra Shrestha, Rose Bettina Schwiethz, Samapika Gautam, Sandeep Shrestha, Sandesh Shakya, Saraswati Adhikari, Saroj Aryal, surabhi Sapkota and Utpal Jha have worked in the drama. THREE SISTERS play is produced by One World Theater Nepal.

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

रिस्ताको नृत्य यात्रा

Published

on

रिस्ता गुरुङ रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ सिजन–२ की विजेता हुन्। हङकङमा जन्मिएर तीन महिनाको उमेरमै नेपाल आएकी रिस्ताको बाल्यकाल पोखरामा हजुरबुवा–हजुरआमा र फूपूसँग बित्यो। त्यहीँबाट उनका स–साना पाइलाले नृत्यको ताल समात्न थाले।

सानैदेखि नृत्यमा रुचि भए पनि रिस्ताले औपचारिक तालिम भने लिइनन्। टेलिभिजन र युट्युब हेर्दै उनले नृत्य सिकिन्। विद्यालयका सांस्कृतिक कार्यक्रम र प्रतियोगितामा सक्रिय रहने उनी कक्षा २ मा ‘झलझली आँखामा’ गीतमा नाचेपछि पाएको प्रशंसाबाट थप उत्साहित भइन्।

प्लस–टू सकेर हङकङ पुगेपछि पनि उनले नृत्यलाई निरन्तरता दिइन्। साथीहरूसँग मिलेर डान्स स्टुडियो सञ्चालन गर्दै बालबालिकालाई सांस्कृतिक तथा आधुनिक नृत्य सिकाउँदै आएकी थिइन्।

‘मेरो डान्स युनिभर्स’को हङकङ अडिसनबारे जानकारी पाएपछि उनले प्रतियोगितामा भाग लिइन्। जित्नेभन्दा सिक्ने उद्देश्यले प्रवेश गरेकी उनी मेहनत गर्दै फाइनलसम्म पुगिन् र अन्ततः विजेता बनिन्।

शोले उनको आत्मविश्वाससमेत बढाएको छ। विजेता बनेपछि ‘हङकङको चिनो’मार्फत म्युजिक भिडियोमा पनि अभिनय गरेकी उनको गीतले युट्युबमा झन्डै २० लाख भ्युज पाएको छ।

अब नेपालमै अभिनय सिक्दै नृत्य र अभिनयलाई अघि बढाउने तथा डान्स स्टुडियो खोल्ने उनको योजना छ। ग्रामीण परिवेशका कथामा अभिनय गर्ने र अभिनेत्री मिरुना मगरजस्तै भूमिकामा देखिने उनको चाहना छ।

Continue Reading

entertainment

जेनजी सहिद स्मृति दिवस

Published

on

काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ।

जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम गृहमन्त्री सुधन गुरूङले उद्घाटन गरेका छन्।

कार्यक्रममा कानुन मन्त्री सोबिता गौतम, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूमि मन्त्री प्रतिभा रावल, पर्यटन मन्त्री गनेश पौडेल, नवप्रवर्तन मन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री निशा मेहतालगायत सहभागी छन्।

गत वर्ष भएको जेनजी आन्दोलनमा ७६ जनाको निधन भएको थियो।

Continue Reading

entertainment

काठमाडौँ विश्वविद्यालयमा गुरुङ भाषामा स्नातकोत्तर डिप्लोमा कार्यक्रम

Published

on

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनअन्तर्गत भाषा शिक्षा विभागले गुरुङ भाषा शिक्षणसम्बन्धी पोस्ट ग्राजुएट डिप्लोमा इन गुरुङ ल्याङ्ग्वेज टिचिङ (PGDE-GLT) कार्यक्रम अघि बढाएको छ।

तमु हुल छोज धीँ गुरुङ राष्ट्रिय परिषद्सँगको सहकार्यमा आयोजित सरोकारवाला गुरुङ समुदायसँगको परामर्श बैठकमा कार्यक्रमको उद्देश्य, संरचना र उपलब्धिका विषयमा छलफल गरिएको हो।

कार्यक्रमले गुरुङ भाषाका दक्ष शिक्षक, भाषाशास्त्री, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणकर्ता र अनुवादक उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै गुरुङ भाषा, लिपि, साहित्य र सांस्कृतिक सामग्रीको अभिलेखीकरण, मानकीकरण तथा डिजिटल संरक्षणमा समेत जोड दिइएको छ।

एक वर्षमा दुई सेमेस्टर पूरा हुने कार्यक्रममा विद्यालयमा आधारित प्रत्यक्ष शिक्षण अभ्यास र मेन्टरसिप प्रणालीसमेत समावेश गरिएको छ। कार्यक्रममार्फत विद्यालय तहदेखि विश्वविद्यालयसम्म गुरुङ भाषाको अध्ययन–अध्यापन विस्तार गर्ने लक्ष्य राखिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com