Connect with us

Feature

तोप चरा

Published

on

गर्मी छल्न तराईदेखि पहाड उक्लने तोपचरा यतिबेला आफ्नो बासस्थान बनाउन तल्लीन छन्। आफ्ना लागि बस्ने बासस्थान सुन्दर र कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई इन्जिनियर चरा पनि भन्ने गरिन्छ।

यतिबेला काठमाडौंका केही स्थानमा तोप चराका बान्कीपूर्ण गुँडहरू देख्न सकिन्छ। रुखका हाँगामा झुन्डिएका चित्ताकर्षक गुँडहरू टाढैबाट देख्न सकिन्छ।

भँगेरा वर्गमा पर्ने यो चराको भालेले पोथीलाई आकर्षण गर्नको निम्ति पनि मिहिनेतका साथ सुन्दर बासस्थान तयार पार्ने गर्छन्। गुँड मन परेन भने पोथी भित्रै पस्न मन नपराउने अध्येताहरू बताउँछन्। 

समूहमा हिँड्ने यो प्रजातिको यो चरामा भोलेहरूबीच गुँड बनाउने प्रतिस्पर्धा नै चल्छ।

काठमाडौंको बल्खु नजिकै हरियो घाँसहरू आफ्नो चुच्चोको साहाराले बटुलेर रूखको हाँगामा सुन्दर गुँड बनाउँदै गरेका केही दृष्य यहाँ प्रस्तुत गरिएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

दिदीबहिनी नहुनेहरूले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

Published

on

काठमाडौँ, कात्तिक ६

दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्रै सर्वसाधारणका लागि खुल्ने परम्परा छ। आज पनि बिहानैदेखि दिदीबहिनी वा दाजुभाइ नहुने श्रद्धालुहरू मन्दिर पुगेर पूजा, दर्शन गरी भाइटीका लगाउने क्रम जारी छ।

तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहका साथ दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन रहेको छ।

यस वर्ष भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे रहेको भए पनि बालगोपालेश्वर मन्दिर बिहानैदेखि नै दर्शनार्थीका लागि खोलिएको छ। दिदीबहिनी नहुनेहरूका लागि यो मन्दिर आस्थाको विशेष केन्द्र बनेको छ।

#भाइटीका #तिहार #बालगोपालेश्वरमन्दिर #रानीपोखरी #काठमाडौँ #दिदीबहिनी #दाजुभाइ #भाइटीका२०८२ #नेपालीसंस्कृति #धार्मिकपरम्परा #पर्व #नेपाल

#BhaiTika #TiharFestival #BalGopaleshwarTemple #RaniPokhari #Kathmandu #NepalFestival #NepaliCulture #BrotherSisterBond #Tihar2025 #BhaiTika2025 #FestivalOfLove #Tradition

Continue Reading

Feature

झिलिमिली काठमाडौं

Published

on

तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ।

साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्।

काठमाडौं उपत्यका यति बेला झिलिमिली देखिन्छ। 

काठमाडौंको धरहरा, बानेश्वर, माइतीघर वरपरको दृश्य हेरौंः

Tihar Festival

Kathmandu Lights

Festival flights

TiharVibes

NepalCulture

KathmanduNights

DeepawaliNepal

ColorfulKathmandu

Tihar2025

Nepal Festivals

Continue Reading

Feature

तस्विरमा हेरौं भोर्लेटारबाट देखिएको सुन्दर हिमश्रृंखलाहरु

Published

on

सुरज गुरुङ 

लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार वरपरको दृश्य अहिले स्वर्गको झल्को झैँ देखिएको छ।

मौसमी बादल हटेपछि सोमबार बिहान यहाँको प्राकृतिक सौन्दर्य झनै निखरिएको छ। सुनका रंगमा रंगिएका धानका फाँटहरू, हरियालीले ढाकिएका गाउँघर र वरिपरि फिँजिएका हिमालहरूको अद्भुत दृश्यले जो कोहीलाई मोहित बनाउँछ।

खुले आकाशमुनि देखिएका माछापुच्छ्रे, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाले भोर्लेटारको दृश्यलाई अझ मनमोहक बनाएका छन्। प्रकृतिको यस्तो सुन्दर रूप देख्न पाएकोमा स्थानीयवासी मात्र होइन, यहाँ पुग्ने जो कोही पनि मुग्ध हुने गर्छन्।

हेरौँ, सोमबार बिहान भोर्लेटारबाट कैद गरिएका ती सुन्दर तस्बिरहरू —

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com