Feature

माइतीघर मण्डला

Published

on

माइतीघर मण्डलाको मौलिक नाम फिब्वः ख्यः हो। माइतीघर मण्डला काठमाडौँको माइतिघरमा अवस्थित एक खुला ठाउँ (पार्क) हो।

जहाँ मानिसहरु स–साना राजनीतिक जमघट देखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा परिचित भएको छ ।कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ ।

विक्रम सम्बत् २०५७ सालमा ११औं सार्क शिखरको सम्मेलन आयोजना हुने बेलामा यस क्षेत्रको चारैतिर रहेका बस्तीलाई व्यवस्थापन गरी मण्डलाको निर्माण गरिएको थियो ।

यस कार्यमा तत्कालीन मेयर केशव स्थापित तथा रिञ्चिन योञ्जनको सक्रियतामा सम्भव भएको थियो । जम्मा १७ दिनमा यसको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

Exit mobile version