Feature

आफ्नो पहिरन आफै बुन्न कस्सियो गुरुङ महिलाहरु

Published

on

तमुस्यो ह्युल छोंज धिं गुरूङ महिला राष्ट्रिय परिषदले गुरूङ महिलाहरूको पोसाक घलेक बुन्ने तालिम सुरू गरेको छ। काठमाडौंको गोंगबुस्थित तमू ह्युल छोंज धिंमा आफ्नो वेशभुषा र पहिचान जगेर्नासँगै नयाँ पुस्तामा हस्तान्तरणका निम्ति १५ दिने तालिमको सुरूआत भएको हो।

तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरूङले कार्यक्रम उद्घाटन गर्दै समुदायको पहिचान बोकेको घलेक परम्परागत रूपमा बुन्ने चलन हराउँदै गएकाले यसको जगेर्नासँगै उद्योगकै रूपमा विकास गर्नुपर्ने धारणा राखे।

त्यस्तै केन्द्रीय उपाध्यक्ष सीता गुरूङले आफ्नो पुर्ख्यौली पेसा मात्र नभई पहिचान झल्काउने पोसाक जगेर्नाका निम्ति पनि कार्यक्रम आयोजना गरेको बताइन्।

कार्यक्रमको पहिलो चरणमा १५ जना तमुस्योहरूले प्रशिक्षणमा भाग लिएका छन्। १५ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमलाई काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले पनि सहयोग गरेको छ।  

तमुस्यो ह्युल केन्द्रीय समितिले आफ्नो शाखा रहेका ४७ जिल्लामा घलेक बुन्ने प्रशिक्षण दिने बताएको छ।

यसपटक भिममाया गुरूङ, इनमाया गुरूङ र निममाया गुरूङले प्रशिक्षण दिने आयोजकले बताएको छ।  

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version