lifestyle

एरिका गुरुङ तमु धी युकेको गुडविल एम्बासडर

Published

on

बेलायतस्थित तमु धी युके ले नेपाली कराते खेलाडी एरिका गुरुङ सँग सहकार्य गर्दै उनलाई गुडविल एम्बासडर नियुक्त गरेको छ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा दुवै पक्षबीच औपचारिक सम्झौता हस्ताक्षर भएको हो। सम्झौतामा तमु धी युकेका उपाध्यक्ष कमल गुरुङ र एरिकाले हस्ताक्षर गरेका थिए।

यो सहकार्य नेपाली खेलकुद, विशेषतः करातेको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित गरिएको हो। सम्झौताअनुसार एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोशाक तथा प्रायोजन सहयोग प्राप्त गर्नेछिन्।

त्यसैगरी, विश्व कराते महासंघ र एसियन कराते महासंघ अन्तर्गत हुने प्रतियोगितामध्ये छनोट गरिएका अधिकतम चार प्रतियोगितामा सहभागी हुँदा हवाइ टिकट खर्च तमु धी युकेले व्यहोर्नेछ भने प्रत्येक प्रतियोगिताका लागि ५०० अमेरिकी डलर सहयोग पनि उपलब्ध गराइनेछ।

एसियाली खेलकुदमा ऐतिहासिक पदक जितेपछि एरिकाले अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सफलता हासिल गर्दै आएकी छन्। उनले सन् २०२७ सम्म १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने योजना बनाएकी छन्, जसले उनको कराते करियरलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version