Feature

जितिया पर्व

Published

on

मिथिला क्षेत्रमा विशेष रूपमा मनाइने जितिया पर्व काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

तिथिको हेरफरेरका कारण यसपालि सोमबार नखा (नुहाएर खाने)विधिबाट जितिया सुरू भएको थियो।

मंगलबार जितिया ब्रत र बुधबार साँझ सवा ५ बजे ब्रत पारायण गरेपछि जितिया ब्रत सकिन्छ।

जितिया पर्वमा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउने धार्मिक परम्परा छ। देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ।

मिथिला क्षेत्रमा थारू महिलाहरूले भव्यताका साथ जितिया मनाइन्छ।

काठमाडौंमा रहेका थारू महिलाहरूले पनि विशेष रूपमा मनाउँदै आएका छन्। जितियाकै अवसरमा बुधबार काठमाडौंको राष्ट्रिय नाचघरमा विशेष समारोह आयोजना गरिएको छ।

कार्यक्रममा थारू समुदायका मानिसहरू आ-आफ्नो संस्कृति झल्काउने पहिरनमा उपस्थित छन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version