Feature

बाढीपछि पृथ्वी राजमार्गमा आवागमन जोखिमपूर्ण, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Published

on

रसुवामा आएको बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ। काठमाडौँलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख राजमार्गका केही खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका अनुसार मलेखुभन्दा अगाडि कृष्णभीरमा करिब १२० मिटर सडक कटान भएर पहिरो गएको छ। मलेखुबाट काठमाडौँतर्फ करिब एक किलोमिटर दूरीमा रहेको परेवाभीरमा पनि करिब १०० मिटर सडक कटान भएको छ।

परेवाभीरमा सडक विभागले भित्तातर्फबाट वैकल्पिक सडक निर्माण गरी ग्राभेलिङ तथा मर्मतको काम अघि बढाएको छ। मर्मत सम्पन्न भएपछि ठूला मालवाहक सवारीसमेत सञ्चालन गर्ने तयारी छ |

त्यस्तै, छहरे–चालिसे क्षेत्रमा करिब ४० मिटर र नागढुङ्गा चेकपोस्टनजिक करिब ८० मिटर सडक पहिरो तथा कटानले क्षतिग्रस्त भएको छ। ती स्थानमा हाल एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ।

तस्बिर : प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version