Connect with us

Feature

बारपाक हिजो र आज(वृत्तचित्र)

Published

on

०७२ वैशाख १२ गतेको भूकम्पले बारपाकको मौलिक संरचना तहसनहस भयो।

बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले त्यहाँका  काठ, ढुंगा र माटोले बनेको एकैनाशको घरहरू भत्किए।

भूकम्पको ८ वर्ष बितिसक्दा बारपाकले नयाँ स्वरूप पाएको छ। भूकम्पले गाउँको पुरानो सुन्दरता लुटे पनि संस्कृति र रहनसहन लुटेको छैन।  बारपाक यतिबेला नयाँ स्वरूपमा बेहुलीजस्तै सुन्दर देखिएको छ।

बारपाकमा महा-भूकम्पको अध्ययन केन्द्र भूकम्प स्मृति पार्क निर्माण भएका छन्। वरिपरि हरियाली डाँडाकाँडा र बीचमा बाक्लो बस्तीले बारपाकको सुन्दरता फर्काएको भान हुन्छ।

बारपाक लाहुरेहरूको गाउँ हो। यहाँका युवा भारतीय र बेलायती सेनामा कार्यरत छन्। बुद्ध हिमालको काखमा रहेको यो गाउँ दुई हजार तीन सय मिटर उचाइमा छ। भिसी गजे घलेको गाउँ भएकोले पनि बारपाक लाहुरेहरूको गाउँले परिचित भयो। भिसी  घले भिक्टोरिया क्रस पाउने पहिलो नेपाली हुन्।

बारपाकमा विकासका पूर्वाधारको विस्तार भइरहेका छन्। यहाँ २०४८ सालदेखि नै बिजुली छ। स्थानीय युवा वीरबहादुर घलेले स्थानीय खोलाबाटै बिजुली उत्पादन गरेर गाउँ झिलिमिली बनाएका थिए। कच्ची भने पनि बारपाकसम्म सडक पुगेको छ। घरघरै खानेपानीको पहुँच पुग्दै छ।

सुलिकोट गाउँपालिकाको १ र २ वडा समेटेको बारपाकमा पुनः पर्यटकीय गतिविधि बढ्न थालेको छ। होमस्टे र सुविधा सम्पन्न होटल लजहरू खुलेका छन्। दैनिक आन्तरिक र बाह्य पर्यकको संख्या बढिरहेको छ।

entertainment

भरतपुरको मुटु चौविसकोठी

Published

on

चितवनको मुख्य सहरी क्षेत्र भरतपुर महानगरपालिकामा अवस्थित चौविसकोठी चोक यस क्षेत्रको सबैभन्दा व्यस्त र व्यापारिक हबका रूपमा विकसित हुँदै गएको छ।

विभिन्न मार्गहरूलाई जोड्ने प्रमुख यातायात जंक्शनको रूपमा रहेको यस चोकमा पछिल्लो समय बैंक, वित्तीय संस्था, अस्पताल तथा ठूला व्यावसायिक प्रतिष्ठानहरूको बाक्लो उपस्थिति बढेको छ। यसले गर्दा यहाँ बिहानदेखि बेलुकासम्म सर्वसाधारण, विद्यार्थी र व्यापारीहरूको अत्यधिक भिडभाड हुने गरेको छ।

शैक्षिक संस्था, कर्पोरेट कार्यालय र बजार क्षेत्रको केन्द्रबिन्दुमा पर्ने चौविसकोठीमा सवारी साधनको चाप पनि उत्तिकै बढेको छ। भरतपुरको तीव्र सहरीकरणसँगै यस चोकले जिल्लाको आर्थिक तथा व्यावसायिक गन्तव्यको रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै लगेको छ।

Continue Reading

entertainment

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्न बाध्य

Published

on

नेपाल फोटो लाइब्रेरी

त्रिशुलीको बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीयहरू नदी वारपार गर्न तुइनको भर पर्न थालेका छन्।

विदुर–१ इन्द्रायणी चौर र विदुर–९ कोलनी–गुम्बाडाँडा जोड्ने गरी भदौ १५ गते तुइन सञ्चालनमा ल्याइएको हो। अहिले यही तुइनबाट स्थानीयहरू ओहोरदोहोर गर्नुका साथै औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीसमेत वारपार गरिरहेका छन्।

देवीघाट बजार क्षेत्रमा पनि तुइन तयार पारिएको छ। बाढीले पुल र सडक सम्पर्क टुटेका क्षेत्रमा तत्काल आवतजावत सहज बनाउन बागमती प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा अन्य स्थानमा समेत तुइन निर्माण अघि बढाउने जनाएको छ।

Continue Reading

Feature

रसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री

Published

on

सुर्याम्स उप्रेती/नेपाल फोटो लाईब्रेरी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका छन्।

शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले बाढीमा घाइते भएकाहरूलाई भेटेका हुन्।

मन्त्री तिमिल्सिनाले घाइतेको उपचार अवस्था, अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्या र आवश्यकताबारे चिकित्सक तथा स्वास्थ्यकर्मीसँग जानकारी लिए।

उनले उपचारमा कुनै समस्या भए त्यसबारे आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com