Feature

म पनि मान्छे हुँ

Published

on

काठमाडौँको थापागाउँ स्थित गुरुकुलको कुन्ज नाटकघरमा “नाटक म पनि मान्छे हुँ”को नियमीत मन्चन शुरु भएको छ।

भारतीय नाटककार विष्णु प्रभाकरको नाटक “मे भी मानव हुँ”लाई सरोज अर्यालले नेपालीकरण गरेका हुन्।

करिव २ दशक अघि अनुवाद गरेको नाटकलाई त्यतिबेलाकै परिकल्पनामा नाटक तैयार गरेको निर्देशक सरोजले बताए। नाटकले राजनैतिक मनोविज्ञानलाई उठान गरेको छ।

राजनैतिक शक्ति र धार्मिक शक्तिको मनोवैज्ञानिक द्वन्दलाई नाटकले प्रस्तुत गरेको छ।

यस नाटकमा अङ्कित खड्का, सुष्मा निरौला, विम्ब अधिकारी, अभिषेक शर्मा राजोपाध्याय, सन्दीप डङ्गोल, एडन बात्रि, मनिष व्याञ्जु, संस्कृति दुवाडी र सदिन लुइँटेलको अभिनय रहेको छ।

आगामी असोज २० गते सम्म मन्चन हुने नाटकमा श्रवण राना मगरको प्रकाश परिकल्पनाका साथै सतिश प्रसाईंको ध्वनी रहेको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version