lifestyle

सुरू भयो फागु पुर्णिमा

avatar
Street Nepal

An editor at streetnepal


  • March 7, 2025
  • 2752 पटक पढिएको

यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ। 

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ।

आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।

चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।

आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याइ दाह गरेपछि होली समाप्त हुन्छ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ।  

यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन २९ गते तराई मधेसका जिल्लाहरूमा चैत १ गते होली पर्व परेको छ।

Facebook Comments