Feature

दरबारमार्गमा नेपाल–जापान सांस्कृतिक उत्सव[तस्विर]

काठमाडौंको दरबारमार्गमा आइतबार नेपाल–जापान स्ट्रीट फेस्टिभल आयोजना भइरहेको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजनामा तथा जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहकार्यमा महोत्सव भइरहेको हो।

महोत्सवमा दुवै देशका कला, संस्कृति, संगीत र परम्परा झल्काउने गतिविधि प्रस्तुत गरिएका छन्। यसको मुख्य आकर्षण जापानी सांगीतिक समूह गोडाइगो रहेको छ। सन् १९८० मा नेपालमा प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः काठमाडौं आएको हो।

महोत्सवमा नेपाली तथा जापानी कलाकारका सांगीतिक प्रस्तुतिसँगै विभिन्न सांस्कृतिक गतिविधि र प्रदर्शनीहरू राखिएका छन्।

Facebook Comments