Site icon Street Nepal

प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा सकारात्मक लय फर्कायो- परराष्ट्रमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाएको सरकारले जनाएको छ।

दुईदिने राजकीय भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री शाहको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बताएका हुन्।

मन्त्री खनालका अनुसार भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित, आर्थिक वृद्धि, विकास र समृद्धिका विषयलाई प्राथमिकतामा राखेर भारतसँग छलफल भएको थियो।

नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने सहकार्य विस्तार गर्ने विषयमा भ्रमण केन्द्रित रहेको उनले बताए।

उच्चस्तरीय भेटघाट र छलफलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै ठोस उपलब्धि हासिल गर्ने आधार तयार गरेको मन्त्री खनालको भनाइ छ।

Exit mobile version