Art
YARAKMA HAU SOLTINI

Popular singer duo Dambar Nepali and Dipak Limbu have released their brand new music video few days back. Song named Yarakma Hau Soltini is the new music video singer duo have released. Lyricist Kanchha Baje has used few Limbu languages and Nepali language in lyrics. Singers themselves have acted in the video along with artist Eliza Tumbapo. Limbu cultural based music video is directed by Kiran Chamling Rai


Art
विक्रम श्रेष्ठको ‘रातो मच्छिन्द्रनाथ’ एकल कला प्रदर्शनी सुरु
लितपुरको पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक बहादुर शाह बैठकमा कलाकार विक्रम श्रेष्ठको एकल कला प्रदर्शनी ‘रातो मच्छिन्द्रनाथ : पाटनको मुटुमा जीवित परम्परा’ सुरु भएको छ।
वैशाख १० देखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ जात्रालाई केन्द्रमा राखेर बनाइएका २० चित्रकला कृति राखिएका छन्।
प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार किरण मानन्धरले गरेका हुन्। चित्रमार्फत कलाकार श्रेष्ठले जात्राको धार्मिक आस्था, रथयात्रा, अनुष्ठान र सामुदायिक सहभागितालाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्।
आयोजकका अनुसार प्रदर्शनीले पाटनको सांस्कृतिक पहिचान र जीवित परम्परालाई थप सशक्त रूपमा दर्शकसमक्ष पुर्याउने लक्ष्य राखेको छ।













Art
उर्लँदो नदीसरी, महिला र परिवर्तनका कथाहरू
काठमाडौंको नेपाल कला परिषद् मा ‘उर्लँदो नदीसरी, महिला र परिवर्तनका कथाहरू’ शीर्षकको कला प्रदर्शनी आयोजना गरिएको छ।
सृजनालय ले आयोजना गरेको यस प्रदर्शनीमा १५ कलाकारका १० कला–श्रृंखला र १० कथा समेटिएका छन्।
प्रदर्शनीले महिलाका संघर्ष, अनुभव र नेतृत्वका कथालाई उजागर गर्दै समाजमा सकारात्मक परिवर्तनको सन्देश दिएको छ।







Art
अतिरञ्जन को मनोरञ्जन
काठमाडौँमा नयाँ नेपाली नाटक “अतिरञ्जन को मनोरञ्जन” मञ्चन भइरहेको छ। मण्डला थिएटर नेपाल मा चैत १८, २०८२ (एप्रिल १, २०२६) देखि वैशाख १३, २०८३ (एप्रिल २६, २०२६) सम्म प्रदर्शन हुने यो नाटकका लेखक संयोग गुरागाईं तथा निर्देशक सागर खाती कामी हुन्।
नाटकले “अति कहिले अति हुन्छ?” भन्ने मूल प्रश्न उठाउँदै मनोरञ्जनको सीमा, अतिरञ्जनको प्रभाव र यथार्थबीचको सम्बन्धबारे गहिरो विमर्श प्रस्तुत गर्छ। अतिरञ्जन केवल शैली हो कि सत्य व्यक्त गर्ने माध्यम बन्न सक्छ भन्ने प्रश्नमार्फत दर्शकलाई सोच्न बाध्य बनाउने प्रयास गरिएको छ। निर्देशकका अनुसार, यो नाटकले दर्शकको सोच, रोजाइ र निर्णय प्रक्रियामाथि पुनर्विचार गर्न प्रेरित गर्छ।
नाटकमा सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र बिष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुस्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भाष्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
नाटक हरेक दिन (सोमबार बाहेक) साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० तथा साँझ ५:३० बजे मञ्चन हुँदै आएको छ। हालसम्म नाटकले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै, सोच्न बाध्य पार्ने सशक्त प्रस्तुति बनेको छ।















-
Auto3 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Auto3 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
Auto3 weeks agoविश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
-
entertainment7 days agoवर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
-
Auto3 weeks agoरोयल एन्फिल्डको ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक
-
entertainment2 weeks agoफरक खालको नाटक ग्राण्ड रिहर्सल
-
lifestyle3 weeks agoतस्विरमा सिन्दुर जात्रा
-
Auto3 weeks agoराति ८ देखि ११ बजेसम्म काठमाडौँ उपत्यकामा नाइट बस सञ्चालन


You must be logged in to post a comment Login