Art
SUMMER OLYMPIC STARTED

Delayed 32nd series of summer Olympic 2020 started today at national stadium of Tokyo Japan. Olympic was supposed to be held in 2020, because of Covid-19 pandemic it was postponed for 1 year later. Though it is happening in 2021 but it’s called Olympic 2020. Inauguration ceremony was scheduled for 01:45 pm where 15 nation and organization head were present. In an Olympic village everyone must wear mask and everyone must do Corona test daily. There will be 339 matches for 33 games. This year North Korea and New Guinea are not take part in Olympic. Only five players are participating in Olympic from Nepal. Five player who are taking part from Nepal are Gaurika Singh and Elex Shah in swimming, Athletics’ Saraswati Chaudhari, Shooting’s Kalpana Pariyar and Judo’s Soniya Bhatta.
Art
आर्टुडियोमा इजरायली कलाकार ओहर मारोम मंकको एकल प्रदर्शनी ‘Where the Water Falls’
इजरायली नयाँ मिडिया कलाकार ओहर मारोम मंक को एकल कला प्रदर्शनी ‘Where the Water Falls’ ललितपुरस्थित आर्टूडियो मा आयोजना गरिएको छ।
आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी (AIAR) अन्तर्गत काठमाडौं बसाइँका क्रममा विकसित गरिएको उक्त प्रदर्शनी ५ जुन २०२६ मा आर्टुडियोको पाटन विङ, नकबहिलमा उद्घाटन गरिएको हो। प्रदर्शनीमा कलाकार, क्युरेटर, सांस्कृतिककर्मी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
भिडियो, इन्स्टलेसन, मुभिङ इमेज तथा नयाँ मिडिया अभ्यासमार्फत तयार गरिएको प्रदर्शनीले स्मृति, अनुष्ठान, पानी प्रणाली, दृश्यता तथा सामूहिक जिम्मेवारीसँग सम्बन्धित समकालीन विषयलाई प्रस्तुत गरेको छ। कलाकारले काठमाडौंको सामाजिक–सांस्कृतिक परिवेश, परम्परागत हिटी प्रणाली, विहार संस्कार, सार्वजनिक संरचना तथा निगरानी संस्कृतिबाट प्रेरणा लिएर कृति निर्माण गरेका हुन्।
प्रदर्शनीलाई ‘The Wells/Hiti’, ‘The Priest’ र ‘The Green Man’ गरी तीन भागमा विभाजन गरिएको छ। पहिलो भागले परम्परागत हिटी प्रणालीको सांस्कृतिक र सामाजिक महत्वलाई उजागर गर्छ भने दोस्रो भागले पाटनस्थित Golden Monastery का बाल पुजारीको दैनिक अनुष्ठानिक यात्रामार्फत भक्ति र सामूहिक जिम्मेवारीको विषय उठाउँछ। तेस्रो भाग ‘The Green Man’ ले प्रविधि, श्रम, निगरानी र संस्थागत संरचनाभित्र अदृश्य रूपमा सक्रिय मानिसहरूको अवस्थालाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ।
कलाकार मंकका अनुसार प्रदर्शनीले “पानी, कविता, सामूहिकता, बालबालिका र समाजमा ओझेलमा परेका मानिसहरूलाई नबिर्सन” स्मरण गराउँछ।
आर्टुडियोका संस्थापक Kailash K. Shrestha ले अन्तर्राष्ट्रिय रेसिडेन्सी कार्यक्रमलाई अर्थपूर्ण कलात्मक आदानप्रदानको माध्यम र नेपाललाई समकालीन कलाको वैश्विक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन प्रयासको हिस्सा भएको बताए।
प्रदर्शनी ६ र ७ जुन २०२६ सम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ।








Art
मीरा राणा र सी.के. रसाइलीलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०८२’ वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार सी.के. रसाइलीलाई प्रदान गरिएको छ।
उनीहरूलाई नगद १ लाख रूपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो। भक्तराज आचार्यको योगदानको सम्मानस्वरूप स्थापना गरिएको उक्त सम्मानमा नेपाली संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गर्ने गरिएको छ।
त्यसैगरी, ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८२’ संगीतकर्मी दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ। उनीहरूलाई ५० हजार रूपैयाँसहित सम्मान गरिएको हो। स्वास्थ्य उपचार आवश्यक पर्ने कलाकारहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले यो सम्मान दिने गरिएको छ।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान प्रदान गरेका हुन्।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संगीत क्षेत्रका कलाकारहरूको बाक्लो उपस्थिति थियो।
भजन शिरोमणि भक्तराज आचार्यका गीत र संगीतले नेपाली सांगीतिक क्षेत्रमा विशेष स्थान बनाएका छन्।
आचार्यको वि.स. २०८० साल फागुनमा निधन भएको थियो।







Art
पूर्वी हिमालयको कला र संस्कृति अब पाटनमा
भुटान, नेपाल र सिक्किमका समकालीन कलाकारहरूलाई एकै थलोमा ल्याउने अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ आगामी अगस्ट महिनामा नेपालको पाटन म्यूजियममा आयोजना हुने भएको छ।
पूर्वी हिमालय क्षेत्रको साझा सांस्कृतिक पहिचान, परम्परा र निरन्तरतामाथि केन्द्रित यो प्रदर्शनी रियो कलेक्टिभ अफ सिक्किमको आयोजमा हालै भारतको सिक्किममा सम्पन्न भएको थियो। गान्तोकमा सफल प्रदर्शनपछि अब यो प्रदर्शनी नेपाली कला पारखीमाझ ल्याउन लागिएको आयोजक मुस्कान राईले जानकारी दिइन्।
प्रदर्शनीमा भुटान, सिक्किम र नेपालका कलाकारहरूले तयार गरेका विविध चित्रकला, दृश्य कला तथा समकालीन सिर्जनाहरू प्रस्तुत गरिनेछन्।
आयोजकका अनुसार कलामार्फत पूर्वी हिमालय क्षेत्रका समुदायहरूबीच रहेका साझा अनुभव, सांस्कृतिक सम्बन्ध, पहिचान र समयसँगै निरन्तर रहँदै आएका परम्पराहरूलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।
नेपालबाट कलाकार मनोज राई र सन्देश गुरूङ सहभागी रहेका छन्। उनीहरूसहित भुटान र सिक्किमका विभिन्न समकालीन कलाकारहरूको सिर्जना एकै स्थानमा अवलोकन गर्न पाइनेछ।
आयोजकहरूले यो प्रदर्शनीलाई केवल कला प्रदर्शन मात्र नभई पूर्वी हिमालय क्षेत्रका कलाकार, संस्कृति र समुदायबीच संवाद र सहकार्यको माध्यमका रूपमा लिएका छन्।
प्रदर्शनीमार्फत दर्शकहरूले तीन देशका कलाकारहरूको दृष्टिकोणबाट पहिचान र निरन्तरताका विषयलाई नयाँ ढंगले अनुभूति गर्न सक्ने अपेक्षा गरिएको छ।
कला, संस्कृति र हिमाली सभ्यताप्रति रूचि राख्ने नेपाली दर्शकका लागि ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ विशेष आकर्षण बन्ने विश्वास गरिएको छ।
आयोजकका अनुसार आगामी अगस्टमा पाटन म्युजियममा हुने यो प्रदर्शनीले नेपाल, भुटान र सिक्किमका कलाकारहरूको सिर्जनात्मक यात्रालाई एउटै मञ्चमा प्रस्तुत गर्दै पूर्वी हिमालयको साझा सांस्कृतिक कथा उजागर गर्नेछ।



-
entertainment3 weeks agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
entertainment7 days agoबेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
-
entertainment3 weeks agoचेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी
-
Auto4 weeks agoभारतको प्रिमियम ई–स्कुटर ‘एम्पियर’ अब पोखरामा
-
Auto3 weeks agoतस्विरमा हेर्नुहोस् अटो बजारमा चर्चा पाएको एमजी एस सिक्स
-
Feature4 weeks agoनेपाली यात्रुले अब विश्वभरका होटल नेपाली मुद्रामै बुक गर्न सक्ने
-
entertainment4 weeks ago‘मिस नेपाल २०२६का लागी आवेदन खुल्ला
-
Auto1 week agoलिपमोटर बी १० टप भेरियन्टको मूल्य घट्यो, अब रु. ५४ लाख ९९ हजारमा उपलब्ध


You must be logged in to post a comment Login