Feature
बरामद सुन यसरी गालियो(तस्विरहरु)
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर मंगलबार गालेको छ।
सुनलाई गालेर अहिले बिस्कुटको आकारको बनाइएकोछ।
यसअघि महाशाखाले सोमबार ब्रेक शुबाट सुन निकालेको थियो।
सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ।’
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको थियो।
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।








entertainment
बागलुङमा ग्यासको सास्ती
डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी
प्रशासनले आपूर्ति सहज भएको दाबी गरेपनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् ।
मंगलबार मात्रै बागलुङ बजारमा एक हजार ७५ वटा ग्यास आएको छ । उक्त ग्यास १६ वटा डिलरले वितरण गरेका छन् । ग्यास डिलरमा उपभोक्ताको भिड बढेपछि प्रहरीसमेत खटाइएको थियो ।
बजारका विभिन्न ठाउँमा ग्यास लिन उपभोक्ता लाइन लागेको देखिन्थ्यो । मंगलबार बिहान ३ बजेदेखि नै उपभोक्ता लाइन लाग्न थालेका थिए । एक सिलिण्डर ग्यास पाउन तीन घण्टासम्म लाइन बस्नु परेको उपभोक्ताको गुनासो छ ।
बागलुङमा गृहलक्ष्मी, शक्ति, नेपाल, एवानलगायत ब्राण्डका ग्यास वितरण हुँदै आएको छ । प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई साताअघि एक जनालाई पक्राउ गरेको थियो । अहिले बिक्रेताले समेत ग्यास मौज्दात राख्न छोडेका छन् । विक्रेताले उपभोक्ताको भिड बढेपछि अहिले ‘कार्ड सिस्टम’ लागु गरेका छन् ।





entertainment
लगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
ललितपुर महानगरपालिकाको लगनखेलस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदा ‘सप्त पाताल पोखरी’ पुनर्निर्माणपछि औपचारिक रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आज एक कार्यक्रमबीच पुनर्निर्मित पोखरीको उद्घाटन गर्नुभएको हो।
लामो समयसम्म अतिक्रमण र अस्तित्व संकटमा परेको यो लिच्छविकालीन पोखरी स्थानीय नागरिक, सम्पदा अभियन्ताहरूको निरन्तर खबरदारी र महानगरपालिकाको सक्रियतामा पुरानै स्वरूपमा ब्युँताइएको हो। पुनर्निर्माणसँगै पोखरीको चारैतर्फ परम्परागत शैलीको पर्खाल, फलामे बार र पाटी निर्माण गरी क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाइएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले मासिएका ऐतिहासिक सम्पदाहरूको संरक्षण र पुनर्जीवन महानगरको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सम्पन्न भएपछि पाताल लोकसम्म सन्देश पुर्याउन माछा छोड्ने धार्मिक परम्परासँग जोडिएको यस पोखरीको पुनर्जीवनले स्थानीय संस्कृति संरक्षणका साथै यस क्षेत्रको भूमिगत पानी पुनर्भरण (Groundwater Recharge) मा समेत ठूलो योगदान पुग्ने विश्वास लिइएको छ।






entertainment
विश्व आदिवासी जनजाति दिवस मनाइयो
स्ट्रीटनेपाल
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस’को अवसरमा काठमाडौँको खुल्लामञ्चमा विशेष सांस्कृतिक कार्यक्रम तथा सभा आयोजना गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अग्रेसरतामा आयोजित उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न जनजातिका परम्परागत पोशाक, बाजागाजा र सांस्कृतिक झाँकीहरूसहितको र्याली खुल्लामञ्च पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा गुरुङ, मगर, नेवार, तामाङ, राई, लिम्बू, शेर्पा, थारुलगायतका विभिन्न समुदायले आ-आफ्नो परम्परागत लोकनृत्य र संस्कृति प्रदर्शन गरेका थिए। सो अवसरमा वक्ताहरूले मातृभाषामा शिक्षा, जल-जंगल-जमिनमाथिको अधिकार र संविधानमा उल्लेखित पहिचान तथा अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।






-
entertainment4 weeks ago‘केसामी–नाम्सामी’ नाटकको पोस्टर र प्रदर्शन मिति सार्वजनिक
-
entertainment4 weeks agoनिर्माणको अन्तिम चरणमा पेप्सीकोला फुटबल ग्राउण्ड
-
Auto4 weeks agoयामाहाको चर्चित XSR 155 नेपाल आउँदै, ‘रेट्रो’ लुक्सले बजारमा नयाँ प्रतिस्पर्धा थप्ने
-
entertainment4 weeks agoनेपालकै पहिलो ‘स्मार्ट सेफ्टी ब्यारेड’
-
entertainment4 weeks agoपशुपतिनाथमा भक्तजनको घुइँचो
-
entertainment2 weeks agoसुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग
-
Art3 weeks agoकौशी थिएटरमा प्रेमकथा ‘जोलिन्’
-
Feature3 weeks agoनागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन


You must be logged in to post a comment Login