Auto
लिपमोटर बी १० टप भेरियन्टको मूल्य घट्यो, अब रु. ५४ लाख ९९ हजारमा उपलब्ध
काठमाडौं, जेठ २४
नेपालका लागि लिपमोटर (Leapmotor) गाडीहरूको आधिकारिक वितरक शांग्रिला मोटर्स ले लिपमोटर बी१० को टप भेरियन्टको मूल्य घटाएको घोषणा गरेको छ। नयाँ कर संरचना लागू भएसँगै कम्पनीले २०२६ मोडलको बी१० टप भेरियन्टको मूल्य हालको करिब रु. ६० लाखबाट घटाएर रु. ५४ लाख ९९ हजार कायम गरेको जनाएको छ।
शांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले मूल्य समायोजनले नेपाली ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त विद्युतीय एसयुभी अझ सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनका अनुसार कम्पनीको लक्ष्य उच्चस्तरीय इलेक्ट्रिक मोबिलिटीलाई थप पहुँचयोग्य बनाउनु हो।
लिपमोटर बी१० आधुनिक प्रविधि, प्रिमियम आराम तथा उच्च कार्यक्षमताको संयोजन भएको इलेक्ट्रिक एसयुभी हो। यसमा करिब ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री, १६० किलोवाटको मोटर तथा ४२० किलोमिटरसम्मको डब्लुएलटिपी रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै, युरो एनक्याप ५ स्टार सुरक्षा रेटिङ, उन्नत चालक सहायता प्रणाली, स्मार्ट ककपिट तथा फास्ट चार्जिङ सुविधा यसका प्रमुख विशेषताहरू हुन्।
लिपमोटर विश्वव्यापी अटोमोबाइल समूह ‘स्टेलान्टिस’को रणनीतिक साझेदारीमा विस्तार भइरहेको विद्युतीय सवारी ब्रान्ड हो। कम्पनीले विश्वका विभिन्न बजारहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ र नेपालमा यसको आधिकारिक वितरण शांग्रिला मोटर्समार्फत भइरहेको छ।
कम्पनीका अनुसार नयाँ मूल्यले नेपाली इभी बजारमा प्रतिस्पर्धा थप बढाउने र विद्युतीय सवारी अपनाउन चाहने ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
Auto
नेपालमा सुरु भयो उबर
- सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी
नेपालमा अब विश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उबर औपचारिक रूपमा सञ्चालनमा आएको छ। उबरले बिहीबारदेखि काठमाडौंमा Uber Go, Uber Comfort र Uber Bike सेवा सुरु गरेको घोषणा गरेको हो। यससँगै नेपाल एशिया–प्रशान्त (APAC) क्षेत्रको उबरको ११औँ बजार तथा दक्षिण एशियामा पछिल्लो एक दशकयता उबर प्रवेश गरेको पहिलो नयाँ बजार बनेको छ।
उबरका अनुसार नेपालमा बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र पर्यटन क्षेत्रको विस्तारलाई ध्यानमा राख्दै सेवा सुरु गरिएको हो। अब नेपाली यात्रु तथा विदेशी पर्यटकहरूले एउटै उबर एपमार्फत सहज, भरपर्दो र सुरक्षित यात्रा सेवा लिन सक्नेछन्।
उबरका APAC क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई उबरको विश्वव्यापी सञ्जालमा स्वागत गर्दै यसलाई कम्पनीको विस्तार यात्राको महत्वपूर्ण कोसेढुङ्गा बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहुँचलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक तथा डिजिटल यातायात प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धि भएको बताए। उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ।


Auto
नयाँ सुविधासहितको यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिड आकर्षक स्कुटर नेपालीबजारमा (भिडियो)
यामाहाले आफ्नो लोकप्रिय स्कुटर रे–जेडआर १२५ एफआई हाइब्रिड लाई थप आकर्षक फिचरसहित बजारमा उपलब्ध गराएको छ। युवापुस्तालाई लक्षित गरी डिजाइन गरिएको यो स्कुटरमा आधुनिक प्रविधि, दमदार माइलेज र स्पोर्टी लुकको संयोजन देख्न सकिन्छ।
स्कुटरमा १२५ सीसीको फ्युल इन्जेक्ट एफ आई हाईब्रिड इन्जिन प्रयोग गरिएको छ, जसले राम्रो पिकअपसँगै इन्धन बचतमा समेत सहयोग पुर्याउँछ। यामाहाको स्मार्ट मोटर जेनेरेटर प्रविधिले एक्सेलेरेशनका बेला अतिरिक्त सहायता प्रदान गर्ने भएकाले राइडिङ अनुभव अझ सहज र प्रतिक्रियाशील बनेको कम्पनीको दाबी छ।
नयाँ रे–जेडआर १२५ एफआई हाइब्रिडमा आकर्षक एलईडी लाईट , डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा आईन्सर ब्याक फिचर जस्ता आधुनिक सुविधा समावेश गरिएको छ। यो फिचर मार्फत पार्किङमा राखिएको स्कुटर सजिलै पहिचान गर्न सकिन्छ।
केवल करिब ९९ केजी तौल रहेको यो स्कुटर आफ्नो वर्गमै सबैभन्दा हल्का मानिन्छ। त्यसैले शहरभित्रको दैनिक आवतजावतमा यसलाई सहज र चलाउन सजिलो मानिन्छ।

स्कुटरमा पर्याप्त अन्डर-सिट स्टोरेज, साइड स्ट्यान्ड इन्जिन कट-अफ, स्टार्ट–स्टप सिस्टम र स्पोर्टी ग्राफिक्स पनि उपलब्ध छन्। यसको अगाडिको डिस्क ब्रेक र ट्युबलेस टायरले सुरक्षा तथा नियन्त्रणमा थप विश्वास दिलाउँछन्।
स्टाइल, माइलेज, आधुनिक फिचर र हल्का तौलको संयोजन खोज्ने ग्राहकका लागि रे–जेडआर १२५ एफआई हाइब्रिड 2026 आकर्षक विकल्प बन्न सक्ने देखिन्छ।
यस भिडियोमा हामीले यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिडको डिजाइन, फिचर, माइलेज, परफर्मेन्स, राइड अनुभव र नेपालमा यसको उपयुक्तताबारे विस्तृत समीक्षा गरेका छौं।
Auto
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ।
नाडाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अटो शोका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म स्टल बुकिङ खुला रहनेछ।
नाडाका अनुसार अटो शोमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ।
अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकले यस वर्षको अटो शोमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरेको जनाएको छ।
स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरण व्यवस्थापक कम्पनी ग्लोबल एक्सपोजिसनमार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ। इच्छुक कम्पनी तथा संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रदर्शनीमा सहभागी हुन अनुरोध गरिएको छ।
-
Offbeat4 weeks agoबबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
-
entertainment2 weeks agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
Feature4 weeks agoपर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान
-
Auto3 weeks ago‘पेट्रोल सुँघाए पुग्छ’ भन्दै बजाजले ल्याएको नयाँ बाइक
-
Feature4 weeks agoशहरको भीडबीच सुस्ताउने ठाउँ शंख पार्क
-
Auto4 weeks agoनेपाली सडक लक्षित गर्दै रोयल इन्फिल्डको नयाँ ‘गुरिल्ला ४५०’ सार्वजनिक
-
entertainment1 week agoचेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी
-
Auto3 weeks agoभारतको प्रिमियम ई–स्कुटर ‘एम्पियर’ अब पोखरामा


You must be logged in to post a comment Login