Feature

भृकुटीमण्डपमा तिहार लक्षित फूल मेला सुरू

avatar
Street Nepal

An editor at streetnepal


  • November 3, 2026
  • 21 पटक पढिएको

तिहार नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा सुरु भएको एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी हुन्।

एक्स्पोमा पुष्प, फलफूल, कृषि तथा वन नर्सरी र जडिबुटीका विभिन्न उत्पादन तथा प्रजातिहरू प्रदर्शनीमा राखिएका छन्।

कात्तिक २१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा फूल तथा विभिन्न नर्सरीका उत्पादनको अवलोकन र खरिद गर्न सकिनेछ।

Facebook Comments