Connect with us

entertainment

Ajhai Pani premiere show

Published

on

A film directed by late Alok Nembang was premiered among the celebrities and press representative. “Ajhai Pani” is the last movie Ajhai pani Ajhai pani2 Ajhai pani3 Ajhai pani4 Ajhai pani5 Ajhai pani6 Ajhai pani7 Ajhai pani8 Ajhai pani9 Ajhai pani10 Ajhai pani11 Ajhai pani12 Ajhai pani13directed by late Nembang. Most of the film worker was present at the show. Mithila Sharma, Bijay Lama, Surakshya Pant, Vishal Dhungana, Pushpa Khadka, Sudarshan Thapa, Puja Sharma etc. are featured in the film.

entertainment

श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व

Published

on

पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्व विशेषगरी विवाहित महिलाका लागि महत्वपूर्ण मानिन्छ।

बरसाइत पर्वमा नवविवाहिता महिलाले बिहेपछि आउने पहिलो पर्व अनिवार्य रूपमा श्रीमान्को घरमै मनाउने परम्परा रहेको छ। पर्वको अघिल्लो दिन नुहाइधुवाइ गरी सात्विक भोजन गर्ने चलन छ भने माइतीबाट लुगा, चुरा, सिन्दूर लगायतका शृङ्गार सामग्री पठाइने गरिन्छ।

आज बिहानैदेखि महिलाहरू रातो, पहेँलो र विभिन्न रंगका परम्परागत पहिरनमा सजिएर नजिकैको वर (बर) रुखमुनि पूजा गर्न पुगेका छन्। वर र पीपल दुवैको उपस्थितिलाई शुभ मानिने भएकाले सम्भव भएसम्म दुवै रुखसँगै पूजा गरिन्छ।

पूजाका क्रममा अंकुरी, फलफूल, नरिवल लगायतका प्रसाद वरको जरामा चढाइन्छ। महिलाहरूले सिन्दूरले वरको रुख सजाउँदै रातो र पहेँलो धागोले सात पटक बेर्ने परम्परा पनि निभाएका छन्। पति–पत्नीले सँगै परिक्रमा गर्ने र जल चढाउने चलनले दाम्पत्य सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार सावित्रीले आफ्नो पतिलाई मृत्युबाट बचाएको कथासँग यो पर्व जोडिएको छ। त्यसैले महिलाहरू दिनभर उपवास बसेर परिवारको सुख, शान्ति र पतिको दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक बरसाइत पर्व मनाउने गर्छन्।

Continue Reading

Art

अन्तर्राष्ट्रिय मञ्चदेखि नेपाली चलचित्रसम्म तेरिया

Published

on

नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् तेरिया फौजा मगर। सानै उमेरदेखि नृत्यप्रति गहिरो रुचि राख्ने उनले अन्तर्राष्ट्रिय रियालिटी शो जित्दै नेपाली प्रतिभालाई विश्वसामु चिनाएकी थिइन्।

उनको आत्मविश्वास, मेहनत र फरक प्रस्तुतीले उनलाई केवल नृत्यमा मात्र होइन, अभिनय क्षेत्रमा पनि स्थापित गराउँदै लगेको छ।

नृत्यबाट सुरु भएको उनको कला यात्रा अहिले चलचित्रसम्म आइपुगेको छ। विभिन्न म्युजिक भिडियो, स्टेज प्रस्तुति तथा अभिनयमार्फत दर्शकमाझ लोकप्रिय बनेकी तेरिया अब नयाँ चलचित्र मितज्यु मार्फत दर्शकमाझ आउँदैछिन्।

जेठ ८ देखि प्रदर्शनमा आउन लागेको यस चलचित्रमा उनले भावनात्मक र परिपक्व भूमिका निर्वाह गरेकी छन्।

चलचित्र “मितज्यु” मा तेरियाको अभिनयलाई विशेष रूपमा हेरिएको छ। यसअघि नृत्यमा देखिएको उनको अभिव्यक्ति र ऊर्जा अब अभिनयमा पनि झल्किएको निर्माण टिमको दाबी छ।

चलचित्रको ट्रेलर र गीतमार्फत दर्शकले उनको अभिनयको झलक पाइसकेका छन्, जसले दर्शकमाझ उत्सुकता बढाएको छ।

तेरिया फौजा मगरको यात्रा नेपाली युवापुस्ताका लागि प्रेरणाको उदाहरण बनेको छ। निरन्तर मेहनत, अनुशासन र सिर्जनात्मकताले उनले आफूलाई बहुआयामिक कलाकारका रूपमा स्थापित गर्दै लगेकी छन्।

अब चलचित्र “मितज्यु” मार्फत उनको अभिनय यात्रा कति सफल हुन्छ भन्ने प्रतीक्षामा नेपाली दर्शक रहेका छन्।

Continue Reading

entertainment

हङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’

Published

on

निर्देशक दीप गुरुङ को निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र जुन-किरी काठमाडौँमा नियमित प्रदर्शनमा आएको छ।

गुरुङ समुदायको ऐतिहासिक घाँटू परम्परा र संस्कृतिमा आधारित यस चलचित्रको यसअघि हङकङ मा प्रिमियर गरिएको थियो। हङकङमा भएको विशेष प्रदर्शनपछि चलचित्रलाई काठमाडौँको गोंगबुस्थित इन्फिनिटी थिएटर मा नियमित प्रदर्शन सुरु गरिएको हो।

बिहीबार गुरुङ समुदायसहित नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वबीच चलचित्र प्रदर्शन गरिएको थियो। चलचित्र हेरेपछि दर्शकहरूले आफ्नै गाउँठाउँ, संस्कृति र परिवेशलाई पर्दामा देख्न पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिएका थिए।

निर्माण पक्षका अनुसार जुन-किरी को छायाङ्कन गोरखाको सिरानचोकस्थित ऐतिहासिक धार्मिक स्थल नाथ मण्डली तथा काठमाडौँका विभिन्न स्थानमा गरिएको हो। चलचित्रले काठमाडौँमा संघर्षरत एक फोटोग्राफरको जीवन र घाँटू नाचसँग जोडिएको सांस्कृतिक यात्रालाई प्रस्तुत गरेको छ।

चलचित्रमा सुरज तमु, लक्ष्मी गुरुङ, कविता आले, अनिल सुब्बा तथा डीबी गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ। कथा भरत राई र सुरज तमुको रहेको चलचित्रको पटकथा केर डी. कोइँच लिम्बुले तयार गरेका हुन् भने छायाङ्कन योगेश दाहालले गरेका छन्।

यो निर्देशक दीप गुरुङको दोस्रो फिचर फिल्म हो। यसअघि उनले गुरुङ संस्कृतिमै आधारित नैना निर्देशन गरेका थिए।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com