Feature
२६३ औं सेना दिवस
काठमाडौंको टुँडिखेलमा २६३ औं सेना दिवस मनाइएको छ।
शिवरात्रिको दिनमा पर्ने सेना दिवस आइतबार टुँडिखेलमा मनाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। उनी नेपाली सेनाको उनी परमाधिपतिसमेत हुन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत उच्च पदस्थ व्यक्तिहरूको पनि समारोहमा सहभागिता थियो।
सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्।
You must be logged in to post a comment Login