Art
BABA’S ARRIVAL AT PASHUPATINATH
Mahashivaratri is around the corner and Pashupatinath temple area is getting crowded. Many devotees i.e. Baba’s have already arrived in the Pashupati area different places of India and Nepal. Nearly 1 million devotees were expected to visit Pashupatinath temple this year. Mahashivaratri is one of the major festival of Hindu community.
Art
उर्लँदो नदीसरी, महिला र परिवर्तनका कथाहरू
काठमाडौंको नेपाल कला परिषद् मा ‘उर्लँदो नदीसरी, महिला र परिवर्तनका कथाहरू’ शीर्षकको कला प्रदर्शनी आयोजना गरिएको छ।
सृजनालय ले आयोजना गरेको यस प्रदर्शनीमा १५ कलाकारका १० कला–श्रृंखला र १० कथा समेटिएका छन्।
प्रदर्शनीले महिलाका संघर्ष, अनुभव र नेतृत्वका कथालाई उजागर गर्दै समाजमा सकारात्मक परिवर्तनको सन्देश दिएको छ।







Art
अतिरञ्जन को मनोरञ्जन
काठमाडौँमा नयाँ नेपाली नाटक “अतिरञ्जन को मनोरञ्जन” मञ्चन भइरहेको छ। मण्डला थिएटर नेपाल मा चैत १८, २०८२ (एप्रिल १, २०२६) देखि वैशाख १३, २०८३ (एप्रिल २६, २०२६) सम्म प्रदर्शन हुने यो नाटकका लेखक संयोग गुरागाईं तथा निर्देशक सागर खाती कामी हुन्।
नाटकले “अति कहिले अति हुन्छ?” भन्ने मूल प्रश्न उठाउँदै मनोरञ्जनको सीमा, अतिरञ्जनको प्रभाव र यथार्थबीचको सम्बन्धबारे गहिरो विमर्श प्रस्तुत गर्छ। अतिरञ्जन केवल शैली हो कि सत्य व्यक्त गर्ने माध्यम बन्न सक्छ भन्ने प्रश्नमार्फत दर्शकलाई सोच्न बाध्य बनाउने प्रयास गरिएको छ। निर्देशकका अनुसार, यो नाटकले दर्शकको सोच, रोजाइ र निर्णय प्रक्रियामाथि पुनर्विचार गर्न प्रेरित गर्छ।
नाटकमा सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र बिष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुस्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भाष्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
नाटक हरेक दिन (सोमबार बाहेक) साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० तथा साँझ ५:३० बजे मञ्चन हुँदै आएको छ। हालसम्म नाटकले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै, सोच्न बाध्य पार्ने सशक्त प्रस्तुति बनेको छ।















Art
बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२
काठमाडौंको नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ जारी छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा उक्त सम्मेलन आयोजना भएको हो।

प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गरेका हुन्।
प्रदर्शनीमा परम्परागत तथा समसामयिक चित्रकला, मूर्तिकला, शिल्प–हस्तकला, लोककला लगायतका कृतिहरू राखिएका छन्।

बागमती प्रदेशका कलाकारहरूको सिर्जना अवलोकनका लागि दर्शकको उपस्थिति बढ्दो छ।
नेपाल पर्यटन बोर्ड कला प्रवर्द्धक रहेको यो प्रदर्शनी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ।










-
Auto2 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat3 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
entertainment4 weeks agoशोले निर्माण कथा निफमा
-
Art3 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Auto2 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
Auto2 weeks agoविश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
-
Offbeat3 weeks agoगुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति
-
Feature4 weeks agoभक्तपुर दरबार स्क्वायर







You must be logged in to post a comment Login