entertainment

अदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’

Published

on

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा सामाजिक यथार्थलाई केन्द्रमा राखिएको नाटक ‘बहुरिया’ दर्शकमाझ नियमित रूपमा मञ्चन भइरहेको छ।

सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकले विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, पारिवारिक सम्बन्धभित्र लुकेको असमानता र सामाजिक दबाबलाई संवेदनशील ढंगले उजागर गर्छ।

मधेसको भाषिक लवज र सामाजिक परिवेशलाई आधार बनाएर प्रस्तुत गरिएको नाटकले कथावस्तुलाई अझ जीवन्त बनाएको छ।

नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माणको जिम्मेवारी बुद्धि तामाङले सम्हालेका छन्। मण्डला थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा सुरज यादव स्वयं प्रशंसा शिवाकोटीसँगै मञ्चमा देखिएका छन्। दुवै कलाकारको अभिनयले कथाको भावनात्मक गहिराइलाई प्रभावकारी रूपमा दर्शकसम्म पुर्‍याएको छ।

‘बहुरिया’ माघ ८ गतेदेखि २९ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुँदै आएको छ। साथै शनिबार दिउँसो १ बजे विशेष शोसमेत राखिएको छ। सोमबारबाहेक अन्य सबै दिन मण्डला थिएटर नेपालमा नाटक हेर्न सकिने व्यवस्था गरिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version