Auto
फोनबाटै लक गर्न मिल्ने ‘चेतक कस्तो छ ?(भिडियो)
भारतको चर्चित दुईपांग्रे ब्रान्ड बजाज अटो अन्तर्गतको इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपाली बजारमा ग्राहकको आकर्षण बन्दै गएको छ। गत वर्ष आयोजित नाईमा अटो शोमा सार्वजनिक गरिएको चेतक स्कुटर अहिले शोरुममार्फत बिक्री भइरहेको छ।
चेतक शोरुममा कार्यरत सिनियर सेल्स अफिसर अनिषा महर्जनका अनुसार हाल नेपाली बजारमा ‘३५०१’ भेरियन्ट उपलब्ध रहेको छ। उक्त स्कुटर पाँच फरक कलर अप्सन—हेजलनट, स्कार्लेट रेड, ब्रुकलिन ब्ल्याक, पिस्ता ग्रीन र इन्डिगो ब्लुमा उपलब्ध रहेको उनले जानकारी दिइन्।
उनका अनुसार स्कुटरमा ३.५८ किलोवाट आवर ब्याट्री क्यापासिटी, ४ किलोवाट मोटर पावर तथा ४.५ किलोवाट पिक पावर रहेको छ। स्कुटरमा पूर्ण मेटल बडी प्रयोग गरिएको छ भने ५ इन्चको टचस्क्रिन डिस्प्ले उपलब्ध छ।
चेतकमा ‘एफओबी कि’ आधारित की-लेस सिस्टम राखिएको छ। स्कुटर नजिक पुग्नेबित्तिकै सेन्सरमार्फत स्वतः अन हुने सुविधा दिइएको कम्पनीले जनाएको छ। साथै टचस्क्रिनमार्फत नेभिगेसन मिररिङ, फोन रिसिभ तथा कट गर्ने, गीत परिवर्तन गर्ने लगायतका स्मार्ट फिचर पनि उपलब्ध छन्।
स्कुटरमा इको र स्पोर्ट गरी दुईवटा राइडिङ मोड, रिभर्स मोड तथा अटो कट-अफ सिस्टमसहितको साइड लाइट सुविधा दिइएको छ। ३५ लिटरको बुट स्पेस, प्रिमियम सिट, अन-बोर्ड चार्जर र पोर्टेबल चार्जिङ अड्याप्टरले प्रयोगकर्तालाई थप सहजता दिने बताइएको छ।
त्यस्तै फ्रन्ट कम्पार्टमेन्टमा फोन होल्डर, मोबाइल चार्जिङ पोर्ट, ग्लोभ्स तथा डकुमेन्ट राख्न सकिने सुविधा समेत रहेको छ। स्कुटरसँग मोबाइल एप कनेक्टिभिटी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। एपमार्फत जीपीएस ट्र्याकिङ, जियो-फेन्सिङ, हाई-स्पिड अलर्ट, स्पिड लक तथा एन्टी-थेफ्ट रिमोट इमोबिलाइजेसन जस्ता स्मार्ट सुरक्षा फिचर प्रयोग गर्न सकिनेछ।
कम्पनीका अनुसार बजाजका आधिकारिक डिलरमार्फत स्कुटर खरिदसँगै सर्भिस र स्पेयर पार्ट्स सुविधा पनि उपलब्ध हुनेछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।
You must be logged in to post a comment Login