Auto

‘पेट्रोल सुँघाए पुग्छ’ भन्दै बजाजले ल्याएको नयाँ बाइक

Published

on

नेपालमा बजाजले सर्वाधिक माइलेज दिने मोटरसाइकल प्लाटिनाको नयाँ भर्सन सार्वजनिक गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बजाज ग्रान्ड एक्सचेन्ज कार्निभलमा सार्वजनिक गरिएको यो बाइक अहिले धेरैको आकर्षण बनेको छ।

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘पेट्रोल सुँघाए पुग्छ’ भन्ने थिमसहित नयाँ प्लाटिना प्रदर्शन गरिरहेको छ।

११.५ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको यो बाइकले एक पटक फुल ट्याङ्की गर्दा ८ सय किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्ने कम्पनीको दाबी छ। यसअनुसार बाइकले प्रतिलिटर करिब ७० किलोमिटरभन्दा बढी माइलेज दिने बताइएको छ। पेट्रोलियम पदार्थको मूल्य बढिरहेका बेला यो बाइक कम खर्चमा लामो यात्रा गर्न चाहनेका लागि उपयुक्त विकल्प बन्न सक्ने देखिन्छ।

नयाँ प्लाटिनामा पहिलेको कार्बुरेटर हटाएर एफआई इन्जिन प्रयोग गरिएको छ। साथै नयाँ ग्राफिक्स, चार्जिङ पोर्ट, ओ–टु सेन्सर र चेक इन्जिन लाइटजस्ता फिचर थपिएका छन्। डीटीएसआई प्रविधिको सिंगल सिलिन्डर इन्जिनले विभिन्न मौसममा समान पावर र माइलेज दिने कम्पनीको भनाइ छ।

नयाँ बजाज प्लाटिनाको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version