News

कुसुम र तृतीयाको स्वरमा चेलीको सम्झना[भिडियो]

avatar
Street Nepal

An editor at streetnepal


  • November 4, 2026
  • 22 पटक पढिएको

तिहार नजिकिएसँगै देउसी–भैलोका गीत सार्वजनिक हुने क्रम बढेको छ। यसैक्रममा गायिका कुसुम गुरुङको युट्युब च्यानलबाट तिहार विशेष भैलो गीत सार्वजनिक भएको छ। गीतमा कुसुम गुरुङ र तृतीय गुरुङको स्वर रहेको छ।

परम्परागत भैलोको लय र शब्द समेटिएको गीतले तिहारको उल्लाससँगै दाजुभाइ, दिदीबहिनी र परिवारबीचको आत्मीय सम्बन्धलाई प्रस्तुत गरेको छ। लक्ष्मीपूजाको दिन घरघरमा पुगेर भैलो खेल्ने, बत्तीको झिलिमिलीमा रमाउने र घरपरिवारको सुख, समृद्धिको कामना गर्ने नेपाली परम्परा गीतमा समेटिएको छ।

गीतका शब्दमा परदेशमा रहेका भाइलाई सम्झना र खबर पठाउने भावसमेत छ। तिहारमा माइती आउने चेली, भाइटीकाको प्रतीक्षा र वर्षमा एकपटक आउने चाडको खुसीले गीतलाई थप भावनात्मक बनाएको छ। भैलो खेल्दै नाचगान गर्ने परम्परागत दृश्यले म्युजिक भिडियोमा तिहारको सांस्कृतिक रौनक झल्काएको छ।

गीतको लय, शब्द तथा संगीत संयोजन सुशील भट्टराईले गरेका हुन्। मोनिका राई र अपेक्षा शेर्पाले सहायक स्वर दिएका छन्।

म्युजिक भिडियोमा कुसुम गुरुङ, तृतीय गुरुङ, उमेश राईलगायत कलाकारको अभिनय छ। भिडियोले भैलो खेल्न घरघर पुग्ने समूह, घरधनी र चेली–माइतीबीचको सम्बन्धलाई कथात्मक रूपमा प्रस्तुत गरेको छ।

परम्परागत भैलो संस्कृतिलाई गीत र दृश्यमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासका रूपमा यस गीतलाई लिन सकिन्छ।

Facebook Comments