Feature
दिदीबहिनी नहुनेहरूले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका
काठमाडौँ, कात्तिक ६
दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्रै सर्वसाधारणका लागि खुल्ने परम्परा छ। आज पनि बिहानैदेखि दिदीबहिनी वा दाजुभाइ नहुने श्रद्धालुहरू मन्दिर पुगेर पूजा, दर्शन गरी भाइटीका लगाउने क्रम जारी छ।

तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहका साथ दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन रहेको छ।
यस वर्ष भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे रहेको भए पनि बालगोपालेश्वर मन्दिर बिहानैदेखि नै दर्शनार्थीका लागि खोलिएको छ। दिदीबहिनी नहुनेहरूका लागि यो मन्दिर आस्थाको विशेष केन्द्र बनेको छ।








#भाइटीका #तिहार #बालगोपालेश्वरमन्दिर #रानीपोखरी #काठमाडौँ #दिदीबहिनी #दाजुभाइ #भाइटीका२०८२ #नेपालीसंस्कृति #धार्मिकपरम्परा #पर्व #नेपाल
#BhaiTika #TiharFestival #BalGopaleshwarTemple #RaniPokhari #Kathmandu #NepalFestival #NepaliCulture #BrotherSisterBond #Tihar2025 #BhaiTika2025 #FestivalOfLove #Tradition
Feature
झिलिमिली काठमाडौं
तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ।
साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्।
काठमाडौं उपत्यका यति बेला झिलिमिली देखिन्छ।
काठमाडौंको धरहरा, बानेश्वर, माइतीघर वरपरको दृश्य हेरौंः







Tihar Festival
Kathmandu Lights
Festival flights
TiharVibes
NepalCulture
KathmanduNights
DeepawaliNepal
ColorfulKathmandu
Tihar2025
Nepal Festivals
Feature
तस्विरमा हेरौं भोर्लेटारबाट देखिएको सुन्दर हिमश्रृंखलाहरु
लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार वरपरको दृश्य अहिले स्वर्गको झल्को झैँ देखिएको छ।
मौसमी बादल हटेपछि सोमबार बिहान यहाँको प्राकृतिक सौन्दर्य झनै निखरिएको छ। सुनका रंगमा रंगिएका धानका फाँटहरू, हरियालीले ढाकिएका गाउँघर र वरिपरि फिँजिएका हिमालहरूको अद्भुत दृश्यले जो कोहीलाई मोहित बनाउँछ।

खुले आकाशमुनि देखिएका माछापुच्छ्रे, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाले भोर्लेटारको दृश्यलाई अझ मनमोहक बनाएका छन्। प्रकृतिको यस्तो सुन्दर रूप देख्न पाएकोमा स्थानीयवासी मात्र होइन, यहाँ पुग्ने जो कोही पनि मुग्ध हुने गर्छन्।
हेरौँ, सोमबार बिहान भोर्लेटारबाट कैद गरिएका ती सुन्दर तस्बिरहरू —






Feature
संसद भवनमा जलेका सवारी साधन
गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट ध्वस्त बनेको संसद भवन परिसर अहिले कबाडखानाजस्तो लाग्न थालेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएर शेष तुल्याएका सवारी साधन उरूङ लगाइएको हो। संसद भवन परिसरमा जलाइएका मात्र नभई सिंहदरबार र आसपासका सरकारी कार्यालयमा जलाइएका सवारी साधन पनि त्यहाँ ल्याइएको छ।

जसका कारण जनप्रतिनिधिहरूको थलो संसद भवन अहिले कबाडखाना जस्तो देखिन्छ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरू भएको जेन जी आन्दोलन भदौ २३ गते संसद भवन पुग्दा रणमैदानमा परिणत भयो। सरकारले व्यापक दमन ग¥यो। संसद भवनको सुरक्षार्थ तैनाथ प्रहरीले १७ जना युवालाई गोली हानेर हत्या गरेपछि भोलिपल्ट प्रदर्शनकारीहरूले संसद भवन जलाइदिएका थिए। उक्त आगजनीबाट संसद भवन खण्डहर बनेको छ।

संसदको छानो खसेको छ भनेर भवनका चोटाकोठा आगो लाग्न कतै बाँकी छैन। खण्डहर संसद भवन भित्र छिर्न कठिन छ भने यस वरपर पनि उस्तै डरलाग्दो देखिन्छ। जलेका सवारी साधनसमेत त्यहीँ थुपार्ने थालेपछि संसद भवन कबाडखानाजस्तो लाग्न थालेको हो।









#GenZAndolan #NepalProtest #ParliamentBurnt #NepalNews #SamsadBhawan #GenZMovement #NepaliPolitics #NepalUnrest #BreakingNewsNepal #YouthUprising #NepalCrisis #KabadKhanna #PoliticalProtest #NepalUpdate

