Feature

दिदीबहिनी नहुनेहरूले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

Published

on

काठमाडौँ, कात्तिक ६

दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्रै सर्वसाधारणका लागि खुल्ने परम्परा छ। आज पनि बिहानैदेखि दिदीबहिनी वा दाजुभाइ नहुने श्रद्धालुहरू मन्दिर पुगेर पूजा, दर्शन गरी भाइटीका लगाउने क्रम जारी छ।

तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहका साथ दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन रहेको छ।

यस वर्ष भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे रहेको भए पनि बालगोपालेश्वर मन्दिर बिहानैदेखि नै दर्शनार्थीका लागि खोलिएको छ। दिदीबहिनी नहुनेहरूका लागि यो मन्दिर आस्थाको विशेष केन्द्र बनेको छ।

#भाइटीका #तिहार #बालगोपालेश्वरमन्दिर #रानीपोखरी #काठमाडौँ #दिदीबहिनी #दाजुभाइ #भाइटीका२०८२ #नेपालीसंस्कृति #धार्मिकपरम्परा #पर्व #नेपाल

#BhaiTika #TiharFestival #BalGopaleshwarTemple #RaniPokhari #Kathmandu #NepalFestival #NepaliCulture #BrotherSisterBond #Tihar2025 #BhaiTika2025 #FestivalOfLove #Tradition

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version