lifestyle

भोटो कसको ?

Published

on

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

ललितपुरको जावलाखेलमा आइतबार वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाएर रथ यात्रा सम्पन्न गरिएको छ। थटिटोलबाट जावलाखेल ल्याइएको रथको चौथो दिन विशेष समारोहबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न जात्रामा हजारौं भक्तजनको भीड लागेको थियो। लिच्छवीकालदेखि चल्दै आएको भोटो देखाउने परम्परा अनुसार ‘यो भोटो कसको हो?’ भन्ने सांकेतिक प्रश्नसहित जात्रा समापन गरिएको हो।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version