Theatre
चित्कारको व्यापार
काठमाडौँको गोंगबु स्थित नेपाल गृहको नाटकहल नाट्यशालामा नाटक ‘चित्कारको व्यापार’ मञ्चन भएको छ।
१७ औं मानव वेचविखन विरुद्धको दिवसको अवसरमा जनचेतनामूलक नाटक ‘चित्कारको व्यापार’लाई लगातार चार दिनसम्म देखाइएको हो।
सौभाग्यसिंह राई (शोभा राई)को कथा निर्देशनमा बनेको उक्त नाटकमा सुरज खड्का, सुनयना पन्थी, विशाल देवकोटा, तेजावी राई, चाँदनी शाही, अजय घलान लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
सुदिप क्षेत्रीको संगीत रहेको नाटकमा अजय घलानको प्रकाश परिकल्पना छ।
You must be logged in to post a comment Login