Feature
चोभार गल्छी विवाद के हो ? भिडियो
काठमाडौंको चोभार गल्छी आसपासबाट गेग्रान तथा ढुंगा हटाउने सरकारी योजना विवादमा परेको छ।
काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहरी विकास मन्त्रालयसँग मिलेर ढुंगा हटाउने तयारी गरे पनि स्थानीयको विरोधपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

सहरी विकास मन्त्रालयले नेपाली सेनाको सहयोगमा चोभार गल्छी सफा गर्ने योजना बनाएको थियो। तर कीर्तिपुर र खोकनावासी आन्दोलित बनेका छन्।

उनीहरूले गल्छीको प्राकृतिक संरचना र ऐतिहासिक सम्पदा संकटमा पर्ने तर्क गर्दै विरोध जनाइरहेका छन्। सम्पदा अभियन्ताहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध जनाएका छन्।
स्थानीयले गल्छीलाई ‘न्हुछिकाप’ भनेर चिन्ने गर्छन्।

गत वर्ष मनसुनको समयमा असोज १०–१३ गतेको भारी वर्षाले बागमती, विष्णुमती, र नख्खु खोलाका किनार क्षेत्रहरू डुबानमा परेका थिए।
सो घटनालाई दृष्टिगत गर्दै चोभार गल्छी साँघुरो भएको र ठूला ढुंगाले पानीको बहाव रोक्ने भन्दै सफा गर्ने तर्क गरिएको हो।
तर स्थानीयको कडा विरोधका कारण योजना अहिले स्थगित छ।



Feature
पर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान
नेपाल पर्यटन बोर्ड लाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप प्रतिष्ठित “पाटा दीर्घकालीन सदस्यता सम्मान” प्रदान गरिएको छ।
उक्त सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँग मा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद खनालले उक्त सम्मान ग्रहण गरेका थिए।
यस सम्मानले पाटासँग नेपाल पर्यटन बोर्डको दीर्घकालीन सहकार्य, क्षेत्रीय पर्यटन सहकार्य सुदृढीकरण, दिगो पर्यटन विकास तथा विश्व पर्यटन प्रवर्द्धनप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको जनाइएको छ।
सम्मेलनका अवसरमा नेपालको निजी पर्यटन क्षेत्रसमेत सम्मानित भएको छ। यति ट्राभल्स लाई ६० वर्षे साझेदारीका लागि सम्मान प्रदान गरिएको थियो भने सुमन पाण्डे लाई पाटा आजीवन सदस्यका रूपमा सम्मान गरिएको छ।
उक्त सम्मानले क्षेत्रीय पर्यटन उद्योगमा नेपालको सक्रिय सहभागिता, सहकार्य तथा नेतृत्वदायी भूमिकालाई थप उजागर गरेको पर्यटन बोर्डले जनाएको छ।
पाटा वार्षिक सम्मेलन २०२६ मा एशिया–प्रशान्त क्षेत्रका पर्यटन नेतृत्वकर्ता, नीति निर्माता, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। सम्मेलनमा दिगो तथा उत्थानशील पर्यटनको भविष्यबारे व्यापक छलफल भइरहेको बताइएको छ।
Feature
शहरको भीडबीच सुस्ताउने ठाउँ शंख पार्क
काठमाडौंको धुम्बाराहीस्थित शंख पार्क राजधानीका पुराना तथा आकर्षक सार्वजनिक पार्कहरूमध्ये एक मानिन्छ ।
चक्रपथसँगै रहेको यो पार्क करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । हरियाली वातावरण, विभिन्न फूल तथा बोटबिरुवाले सजिएको पार्क शहरको व्यस्त जीवनबीच केही समय विश्राम लिन चाहनेका लागि उपयुक्त गन्तव्य बनेको छ ।

वि.सं. २०४३ सालमा तत्कालीन पञ्चायत व्यवस्थाको रजत जयन्तीको अवसरमा “पञ्चायत रजत जयन्ती पार्क” का रूपमा निर्माण गरिएको यो पार्क २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि “शंख पार्क” नामले पुनः नामाकरण गरिएको हो ।
हाल शंख पार्क केवल घुमफिर गर्ने स्थान मात्र नभई विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्रसमेत बनेको छ । यहाँ पिकनिक, भेटघाट, साना कार्यक्रम आयोजना गरिनुका साथै फिल्म, म्युजिक भिडियो तथा फोटोसुटका लागि पनि प्रयोग हुने गरेको छ ।
व्यस्त शहरी वातावरणको बीचमा रहेको यो पार्क बिहान–साँझ घुम्न आउने सर्वसाधारण, परिवार तथा युवापुस्ताको आकर्षणको केन्द्र बनेको देखिन्छ । हरियाली र खुला वातावरणका कारण शंख पार्क काठमाडौं महानगरभित्रको एक महत्वपूर्ण सार्वजनिक विश्रामस्थलका रूपमा परिचित छ ।

Feature
फेवातालमा बैजनी बहार
पोखराको फेवाताल किनार यतिबेला जाकाराण्काडाको बैजनी फूलले ढकमक्क बनेको छ । तालको एक छेउमा फुलेका जाकाराण्काडा र लहरै राखिएका डुङ्गाहरूले दृश्यलाई अझ मनमोहक बनाएका छन् ।
फूल, डुङ्गा र तालको संगमसँगै सुन्दर दृश्य कैद गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने गरेको देखिन्छ । धेरैले यहाँ फोटो तथा भिडियो बनाउन व्यस्त देखिन्छन् ।
वसन्तसँगै फुलेका जाकाराण्काडाले पोखराको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ भने यसले पर्यटकलाई थप लोभ्याएको स्थानीय बताउँछन् ।









-
Auto4 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
entertainment4 days agoहङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
-
Auto3 weeks agoविश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
-
entertainment2 weeks agoवर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
-
Auto4 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
entertainment2 weeks agoफरक खालको नाटक ग्राण्ड रिहर्सल
-
Auto4 weeks agoरोयल एन्फिल्डको ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक
-
lifestyle4 weeks agoतस्विरमा सिन्दुर जात्रा


You must be logged in to post a comment Login