Model
Dashing Sujan Adhikari
entertainment
‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंको बिग मुभिजमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ,सुरज तमु लगायतका कलाकारको अभिनय छ। चलचित्रमा स्वर्गीय सुनिल थापाको समेत अभिनय रहेको छ।
एमजीएफ फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ अर्थात् सेप्टेम्बर ११ देखि नेपालका हलमा प्रदर्शनमा आउनेछ।
ट्रेलर सार्वजनिक कार्यक्रमका केहि तस्विरहरु :









entertainment
काठमाडौंबाट बाहिरिने बाटो खुले
लगातारको वर्षापछि रोकिएका सवारी साधनहरू आज बिहानदेखि फेरि गन्तव्यतर्फ अघि बढ्न थालेका छन्। काठमाडौं उपत्यकाका प्रमुख नाका नागढुंगा, साँगा, माछापोखरी लगायतका स्थान बाट सवारी आवागमन खुला गरिएको छ। बिहानैदेखि यी नाकाहरूमा यात्रु र सवारी साधनको उल्लेख्य चाप देखिएको छ।
यात्राको जोखिमलाई ध्यानमा राख्दै हिजो रोकिएका बस, माइक्रो र अन्य सवारीहरूलाई ट्राफिक प्रहरीले चरणबद्ध रूपमा गन्तव्यतर्फ पठाइरहेको छ। ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको भट्टेडाँडा बाहेक अधिकांश सडकमा सवारी सञ्चालन भइरहेको छ भने ठाउँ–ठाउँमा प्रहरी परिचालन गरेर ट्राफिक व्यवस्थापन भइरहेको छ।
यस्तै, केही दिनदेखि अवरुद्ध रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड पनि आज बिहान ७ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ, जसले राजधानी आउजाउ गर्ने यात्रुलाई ठूलो राहत दिएको छ।
यद्यपि वर्षा अझै जारी रहेकाले पहिरो, ढुंगा खस्ने र सडक चिप्लिने जोखिम कायम छ। यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहोस्।







entertainment
नेपाल प्राइड परेड
काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ आयोजना गरिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँदै गौरव र्याली निकालेका हुन्।
शान्ति बाटिकाबाट सुरु भएको र्याली खुलामञ्चमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले इन्द्रेणी झण्डा र विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले समान अधिकार, भेदभावको अन्त्य, सुरक्षित जीवन र सामाजिक स्वीकार्यताको माग गरेका थिए।
परेडमा समुदायका सदस्यहरू, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहेको थियो। खुलामञ्चमा सांस्कृतिक कार्यक्रम र सम्बोधनसमेत गरिएको थियो।
हरेक वर्ष जुन महिनामा विश्वभर ‘प्राइड मन्थ’ मनाइन्छ। सोही अवसरमा नेपालमा पनि प्राइड परेड आयोजना गरिएको हो।
आयोजकहरूले यस्ता कार्यक्रमले यौनिक तथा लैङ्गिक विविधताप्रति सम्मान बढाउन तथा समुदायका अधिकारबारे जनचेतना फैलाउन सहयोग पुग्ने बताएका छन्।





-
Offbeat1 week agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment3 weeks agoझिलिमिली सडक
-
entertainment4 weeks agoलगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
-
entertainment1 week agoसुनसान बन्यो नागढुंगा
-
entertainment2 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
entertainment3 weeks agoविश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी
-
Auto3 weeks agoचांगनको नयाँ इलेक्ट्रिक एसयूभी ‘डिपल नेभो क्यू०५’
-
entertainment4 weeks agoबागलुङमा ग्यासको सास्ती


You must be logged in to post a comment Login