Offbeat

काठमाडौँ–तराई फास्ट ट्र्याक: पुल र सुरूङमा तीव्रता, खोकनामा अन्योल

Published

on

काठमाडौँलाई तराईसँग छिटो जोड्ने राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई फास्ट ट्र्याकको निर्माण कार्य उल्लेख्य रूपमा अघि बढेको छ।

नेपाली सेनाका अनुसार हाल आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत नाघिसकेको छ। ७१ किलोमिटर लामो फास्ट ट्र्याकमा करिब ११ किलोमिटर सुरूङ र १३ किलोमिटर पुल निर्माण भइरहेका छन्।

७ वटा ‘ट्विन ट्युब’ सुरूङमध्ये दुई स्थानमा ब्रेकथ्रु भइसकेको छ भने बाँकी सुरूङहरूमा तीव्र गतिमा काम जारी छ। सबैभन्दा लामो साढे ३ किलोमिटरको महादेवडाँडा सुरूङ आउँदो असार मसान्तसम्म ब्रेकथ्रु गर्ने लक्ष्य सेनाले राखेको छ। लेनडाँडा क्षेत्रमा सवारी चल्ने नेपालकै अग्लो पुल अन्तिम चरणमा पुगेको छ भने चालिसे खोला र जितपुर खोलाका पुलहरू पनि निर्माणको अन्तिम अवस्थामा छन्।

तर आयोजनाको काठमाडौँतर्फको प्रवेश बिन्दु खोकनामा भने जग्गा मुआब्जा विवादले काम थाल्न सकेको छैन। यसले इन्टरचेन्ज र अन्य संरचना निर्माणमा ढिलाइ गरिरहेको छ। सेनाले २०८३ चैत मसान्तभित्र फास्ट ट्र्याक सञ्चालनमा ल्याउने लक्ष्य लिएको भए पनि खोकनाको समस्या समाधान आयोजनाको मुख्य चुनौती बनेको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version