Feature
गरीखान देउ (तस्विरहरु)
आफुहरुको उचित ब्यबस्थापन सहित गरीखाने वातावरणको माग गर्दै काठमाडौँ महानगरले हटाएका ब्यापारीहरुले प्रदर्शन गरेका छन्।
आइतबार काठमाडौँ महानगर मेयर बालें शाहको कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअघि उनीहरुले आफ्ना माग सहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ, ललितपुरमा व्यवस्थापन गर्न सकिन्छ भने काठमाडौंमा किन सकिन्न’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए।
काठमाडौं महानगरपालिकाले पछिल्लो समय सडक व्यापारीलाई महानगर प्रहरी लगाएर हटाउने गरेको छ।
You must be logged in to post a comment Login