entertainment
तस्विरमा घाँटु भोज
तमु समाज तनहुँले काठमाडौँमा घाँटु भोजको आयोजना गरेको छ।
तमु गुरुङ समुदायले बैशाख पुर्णिमा अर्थात चण्डीपुर्णिमामा नचाइने मौलिक नृत्य घाटु नाच सेलाउए पश्चात घाटुभोजको आयोजना गर्ने गर्दछ।
बुद्ध जयन्ति अर्थात् बैशाख पुर्णिमाको बेला तीनदिन सम्म गुरुङ समुदायले लोक कथामा आधारित घाँटु नाच नाच्ने गरिदै आएको छ। यस पटक पनि भर्खरै घाँटु नाच सकिएको छ तसर्थ घाटु भोज अर्थात घाटु खोएको आयोजना गरिएको छ।
घाटु धुरे संगै गुरुङ समुदायले आफ्नो मौलीक नृत्य चुड्काको शुरुवात गर्ने गर्छन। यसै विच काठमाडौँको मनमैजुमा तमु समाज तनहुँले शनिबार घाटु भोजको आयोजना गरेको छ।
काठमाडौँमा रहेका विभिन्न तमु गुरुङ समुदायका मानिसहरुको उपस्थितिमा उक्त घाटु भोज सम्पन्न भएको छ। निम्तालु हरुले आ-आफ्नो समाजको तर्फबाट घाटुभोजमा चुड्का नाच देखाउने गरेको छ।
चुड्का नाचका केहि तस्विरहरु :
You must be logged in to post a comment Login