Feature

पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

Published

on

पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। उहाँ शुक्रबार झापाबाट राजधानी फर्किनुभएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत काठमाडौं आएका शाहलाई स्वागत गर्न विमानस्थल परिसरमा समर्थकहरू उपस्थित भएका थिए।

स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानसहित विभिन्न राजावादी समूहहरूले समर्थकहरूलाई विमानस्थलमा उपस्थित हुन आह्वान गरेका थिए।

केही समय समर्थकहरूको भीड बढेपछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

पूर्वराजा शाह पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै आउनुभएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version