Feature

मण्डलामा ‘हरि हजुरबा’

Published

on

काठमाडौंको मण्डला नाटकघरमा नाटक ‘हरि हजुरबा’ को नियमित मञ्चन शुरु भएको छ।  

नाटकको लेखन तथा परिकल्पना अभिनेता नाजिर हुसेनको हो।

यसमा नाजिरसँगै अभिनेता विजय बरालको पनि मुख्य अभिनय रहेको छ। साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय छ।

अभिनेताहरू दयाहाङ राई र बुद्धि तामाङ नाटकका निर्माता हुन्। चिठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा देखाइन्छ। 

द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई नाटकले उजागर गरेको छ। 

नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version